पोखरामा सकियो पोर्क महोत्सव

गिता राना मगर÷पोखरा ०८ चैत्र /पोर्क स्वस्थ सेतो मासु भन्ने मुल नाराका साथ पोखरा रंगशालामा आयोजित दोश्रो राष्ट्रिय पोर्क महोत्सव सकिएको छ । महोत्सवको पशुपंक्षी मन्त्रालयका राज्यमन्त्री नरदेवी पुनले समापन गरेकी थिइन । समापन समारोहमा बोल्दै राज्यमन्त्री पुनले मन्त्रालयले ६ महिना भित्रमा मासु ऐन कार्यान्वयन गरेर छाड्ने वताइन ।
पशुपालक किसानहरुले पशुपालन आ आफ्नै तरिकाले गरिरहेको सन्दर्भमा अझैपनि सरकारी स्तरबाट बद्य स्थल र मासु एनको कार्यान्वयन हुन नसक्दा कृषकहरुले उचिल लाभ लिन नसकेको उनको भनाइ रहेको थियो । त्यसैगरी किसानहरुलाई सरल ब्याजदरमा कर्जा प्रवाह गर्नका लागी आफ्नो मन्त्रालयले बैङ्कहरुसंग सहकार्य गरेर अगाडी वढ्ने समेत उनले प्रतिवद्धता ब्यक्त गरिन ।

त्यस्तै गरी सांसद बृन्द्धा राना मगरले बंगुर पालन पेशालाइ सरकारले अझैपनि हेपिरहेको वताउदै भुकम्प र नाकाबन्दीले यो पेशालाई प्रत्यक्ष असर गरेको बताइन । यसबारेमा सरकारले ध्यान दिएर सहुलियत ब्याजदरमा ऋण प्रदान गरी ब्यवशायीक कृषिलाई अगाडी वढाउनुपर्नेमा उनको जोड रहेको थियो ।

बंगुर ब्यवशायी संघ कास्कीका अध्यक्ष छ्याम बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बंगुुर ब्यवशायी संघ नेपालका अध्यक्ष उमेश कुमार राई, जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख राकेश प्रजापति, ब्यवशायी सूर्य प्रसाद पौडेल र सिताराम भण्डारीले वोल्नुभएको थियो ।

चेत्र ५ देखि ७ सम्म सञ्चालित महोत्सवमा ४६ वटा स्टल रहेका थिएभने जसमा १० वटा रेष्टुरेण्ट रहेका थिए । महोत्सवमा विशेष गरी बंगुरको मासु र मासुबाट बन्ने परिकारको तालिम लिनेको भीड लागेका थियोभने स्थानिय तथा राष्ट्रिय स्तरका लोकदोहोरी कलाकार मार्फत दोहोरी गीत प्रस्तुत गरिएको थियो ।

कमेन्टहरु
Loading...