राजन र मायाको ‘टलक्कै टल्केको सारी’ (भिडियो सहित)

दुलेगौडा, १६ साउन /हरितालिका तीजको अवसरमा गायक राजन कार्कीले ‘टलक्कै टल्केको सारी’ बजारमा ल्याएका छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत गीत बजारमा ल्याएका हुन् । घनश्याम रिजालले सिर्जना गरेको गीतको भाका राजनले नै तयार पारेका छन् । गायनमा राजनलाई गायिका माया गुरुङको साथ मिलेको छ भने संगीत संयोजन बिनोद बाजुरालीको छ ।

तिज महिलाहरुको चाड हो । त्यसैले उनिहरुले पहिरनमा बढी नै ध्यान दिन्छन् । ‘गीतमा श्रीमतिले टल्ककै टल्केको सारी लाउने चाहाना व्यक्त गरेकी छन्’ कार्कीले भने, ‘त्यही भावलाई गीतमा व्यक्त गरिएको छ । तर यो वास्तविकता नभएर केवल सिर्जना मात्र हो ।’
राजन कार्की गण्डकी प्रदेशमै रहेर नेपाली सांगीतिका क्षेत्रमा कृयाशिल छन् ।

उनका भाउजुकै भाइ राम्रो, आँखा झिमिझिमी, सोचे झै भए त भाग्यमानी हो, मन पराउछु , नाचन साइली, जापनको सारी र आउन पाइन नभन बैनी लगायतका दर्जनौ गीत हिट छन् । यसपालिको तीजमा राजनले ३ वटा भाका बजारमा आउने जानकारी दिए । यसबर्षको तीजमा सांगीतिक कार्यक्रमका लागी दुबइ र जापन जाने कार्कीले बताए ।

पोखरामै तयार पारिएको भिडियोमा यूवराज भण्डारीले निर्देशन गरेका छन् । पुर्ण गुरुङ र बिकास रम्तेलको कोरियोग्राफी रहेको भिडियोमा भण्डारीको अभिनय छ । सन्जय र पवित्राले नृत्य गरेका छन् । गणेश सापकोटाले खिचेका दृश्यलाइ नविन केसीको सम्पादनमा तयार पारिएको हो ।

कमेन्टहरु
Loading...