सविन राई नयाँ गीत सहित पोखराको प्याराडिसो स्र्पोटस बारमा शुक्रबार आउदै

पोखरा, १२ भदौ / पोखरा लेकसाइडमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट प्याराडिसो स्र्पोटस बार एण्ड ग्रिलमा गायक सविन राईको ब्याण्ड नयाँ एल्वम सहित लाइभ पफर्मेन्स प्रस्तुत गर्ने भएको छ ।

नयाँ एल्वममा हरेका गीत र पुराना गीत प्रस्तुत गरेर मनोरञ्जन प्रदान गर्ने उद्देश्यले बारले नाईट विथ सविन राई आयोजना गर्ने भएको हो । बारमा ग्राहकलाई पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने गरी भदौ १३ गते शुक्रबार साँझ राइको विशेष सांगीतिक प्रस्तुती आयोजना गर्न लागिएको बारका म्यानेजर हरी पौडेलले जानकारी दिए ।

शुक्रबार बारमा संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुने उनले बताए ।  युवा पुस्ता माझ प्रिय विधाका कलाकारको प्रस्तुती रहने भएकाले पनि युवारयुवतिको उपस्थिति धेरै हुने उनले बताए । ‘योङ्गस्टरहरुलाई टार्गेट गरेर प्रोग्रामको आयोजना गरिएको छ,’ उनले भने, ‘त्यसैले पनि प्रोग्राम सफल हुन्छ ।’ सबिन सँगै पार्टिमा डिजे आशिष र अन्य स्थानीय कलाकारले सविन राईलाई साथ दिने छन् ।

‘गुराँसको फेदमुनी सम्झनाको छाँया, जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया..’, तिमि नै हो मलाई माया गर्ने….., ‘कोमल त्यो तिम्रोदेखि…’, ‘गुराँसको फेदमुनि…’, ‘सुन्दरताको बयान…’, ‘सुरुवात गरुँ म कसोरी…’ देखि ‘माया जालै…’ म संसार जित्ने आट गर्दै..लगाएतका गीत प्रस्तुतीको तयारीमा छन् । प्याराडिसो स्पोर्टस वार एन्ड ग्रिलले लाइभ ब्यान्डका साथ पाहुनाहरुलाई मनोरञ्जन दिदै छ ।

कमेन्टहरु
Loading...