रेखा थापाको मल्टिस्टारर फिल्मको निर्देशक रेनेशा

पोखरा, २७ असार /अभिनेत्री रेखा थापाले आफ्नो छैटौं सिनेमाका लागि रेनेशा राई राणालाई अनुबन्धित गरेकी छन् ।

रेनेशाको जन्मदिनको अबसरमा रेखाले आफ्नो नयाँ फिल्मको निर्देशकका रूपमा अनुबन्ध गरेकी हुन् । नेपाली फिल्ममा कोरियोग्राफरका रूपमा चर्चित रेनेशाले गत वर्ष ’इन्टु मिन्टु लण्डनमा’ फिल्मबाट निर्देशनमा डेब्यू गरेकी थिइन् ।

अभिमन्यू निरबीकोको स्क्रिप्ट माथि बन्ने यस सिनेमा मल्टिस्टारर हुने बताइएको छ । हाल स्क्रिप्टमाथि काम भइरहेको यो सिनेमा मंसिरबाट छायाँकनमा जाने छ ।

सिनेमाको विस्तृत जानकारी केहि समयपछि सार्वजनिक गर्ने अभिनेत्री थापाले बताएकी छन् ।

कमेन्टहरु
Loading...