प्याराडिसो स्पोर्टस वारमा न्युइयर स्पेसल डिजे र लाइभ व्याण्ड

पोखरा, १६ पुस/ पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टज वार एण्ड ग्रिलमा न्यू इयर स्पेसल कार्यक्रम गर्ने भएको छ । न्यू इयर इभको दिन अर्थात सोमबरा साझँ चर्चित डिजे र व्याण्डले लाइभ प्रस्तुती रहने प्याराडिसो स्पोर्टस वार एण्ड ग्रिलका म्यानेजर हरि पौडेलले जानकारी दिए ।

उनका अनुसार डिसेम्बर ३१ अर्थात न्यू इयर इभको दिन साँझबाट शुरु हुने कार्यक्रम मध्यरातसम्म चल्ने छ । हामीसँग पार्टीमा आउनुहोस र फुड, ड्रिङ्क्स र म्यूजिक सुनेर जीवनमा फरक अनुभूति गर्नुहोस भन्ने नारासहित प्याराडिसोले कार्यक्रम गर्न लागेको उनले बताए ।

उनले फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजन मार्फत महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए । उनले बार भित्रै पुल टेबल, डार्ट गेम, चेस लगाएतका खेलहरु खेल्ने समेत व्यवस्था मिलाएको छ।

उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने बताए ।

कमेन्टहरु
Loading...