शनिबारदेखि गायन रियालिटी शो ‘नेपाल स्टार’ प्रशारण

पोखरा, २४ फागुन/ गायन रियालिटी शो नेपाल स्टार शनिबारदेखि प्रशारणमा आउने भएको छ । नेपालकालागि नेपालको आफ्नै फम्र्याटमा बनेको गायन रियालिटी शो अब हरेक हप्ताशनिबार प्रशारण हुने नेपाल टेलिभिजनले जनाएको छ । यो नेपाल टेलिभिजनको आफ्नै निर्माणमा प्रशारण हुने गायन रियालिटी शो हो ।

‘हामीनेपाली, हाम्रो आवाज’को नारासहितप्रशारणमा आउने कार्यक्रममा देशभरका गायनप्रतिभाहरुको सहभागिता रहने नेपाल टेलिभिजनले जनाएको छ । ‘नेपालको आफ्नै गायन रियालिटी शो’ भनिएको यो गायनप्रतिस्पर्धाबाट एकजनाउत्कृष्ट विजेता छनौट हुनेछन् । जो नेपालको पहिलो ‘नेपाल स्टार’ कहलिनेछन् ।

गायन रियालिटी शो ‘नेपाल स्टार’लाई ‘की एड्भरटाइजिङ’सँगको सहकार्यमा नेपाल टेलिभिजनलेनिर्माण गरेको हो । र, यो रियालिटी शो को मार्केटिङको सम्पूर्ण जिम्मा ‘की एड्भरटाइजिङ’ले नै लिएको छ । ‘अहिले चलिरहेकाविभिन्नफ्रेन्चाइज रियालिटी शो भन्दा फरक स्वाददर्शकले यसमापाउनुहुनेछ । र, यो नेपालकालागि नेपालीले नै बनाएको फम्र्याट भएकोले पनिदर्शकलाई अग्र्यानिकलाग्न सक्छ । हामीलाई दर्शकले मन पराईदिनुहुन्छ भन्नेमा पुर्ण विश्वास पनि छ ।’ की एड्भरटाइजिङका प्रबन्धनिर्देशक रविन्द्रकुमार रिजालले भने ।

नेपालको आफ्नै गायन रियालिटी शो भएपनियसको गुणस्तर भने अन्तराष्ट्रियस्तरकैरहेको नेपाल टेलिभिजन र की एड्भरटाइजिङको दाबी छ । कार्यक्रमको स्तरसँगै रियालिटी शो का लागिबनाईएको भव्य सेट कुनै अन्तराष्ट्रिय फ्रेन्चाइज रियालिटी शो को तुलनामाकम नरहेको यसको निर्माणपक्षले बताएको छ ।

संचारकर्मी समेत रहेका रविश्रेष्ठ गायन रियालिटी शो ‘नेपाल स्टार’कानिर्देशकहुन् । उनले यसअगाडि मुन्द्रको कमेडी क्लबको निर्देशनपनिगर्दै आएका छन् । जुन् की एड्भरटाइजिङकै अर्काे विशेष कार्यक्रमपनिहो । यो गायन रियालिटी शो को मूख्य निर्णायकहरुमा संगीतकार आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिकाअन्जु पन्त रहेका छन् । कार्यक्रमको होस्टमा संजोग बस्याल र निशा पाठक रहेका छन् ।

‘नेपालमाथुप्रै गायनप्रतिभाहरु छन् र उनीहरुलाई विशेष प्लेटफर्मको आवश्यकताथियो । र, हामीले त्यस्तागायनप्रतिभाहरुकालागिउत्कृष्ट मञ्च खडा गरेका छौँ । यो सबै नेपालीहरुको लागिविशेष हुनेछ ।’ कार्यक्रमकानिर्देशक रविश्रेष्ठले भने–‘प्रतिभाहरुले यो रियालिटी शो मा सहभागीभईरहँदाशानदार पुरस्कार जित्नुका साथै थुप्रै अवसरहरु हातलाग्ने वातावरण पनि बन्छ ।’

वाइवाइचाउचाउको मूख्यप्रायोजनमाहुनलागेको यो रियालिटी शोको पावर्ड वाइ टाइटलमा वृज सिमेन्ट, बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक, लाइफइन्स्योरेन्स पार्टनरमा रिलायन्स लाइफइन्स्योरेन्स कम्पनी, रेड कार्पेट पार्टनरमा यतीकार्पेट, डिजिटल पार्टनरमा की डिजिटल र रेडियो पार्टनरमा हिमालयएफएम नेटवर्क रहेका छन् ।

कमेन्टहरु
Loading...