तेस्रो मिस तामाङ्गमा १८ जना प्रतिस्पर्धी

पोखरा, १४ मंसिर /२८५४ औं सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ्ग समाजले ल्होसार म्युजिकल फेस्टिभल तथा तेस्रो मिस तामाङ्ग पोखरा आयोजना गर्ने भएको छ ।

मिस तामाङ्ग प्रतियोगिता माघ ४ गते पोखरा सभागृहमा गरिने आयोजक बैदाम तामाङ्ग समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । अघिल्लो वर्ष भन्दा यस वर्षको प्रतियोगिता फरक हुने तामाङ्गले बताए । यस पटक हामीले देशभरबाट प्रतियोगीहरुलाई लिएका छौं, उनले भने ।

प्रतियोगिताका लागि पोखरा, काठमाण्डौं तथा देशका अन्य भागबाट तामाङ्ग समुदायका १८ जना युवतीहरुको सहभागिता रहनेछ ।

कमेन्टहरु
Loading...