संचारकर्मी दुर्गा अधिकारीको भजन हे नर तिमि नारायण बन सार्वजनिक

पोखरा, २२ पुस / संचारकर्मी दुर्गा अधिकारीको भजन हे नर तिमि नारायण बन बजारमा आएको छ । करिब १८ वर्षदेखि संचार क्षेत्रमा आवद्ध अधिकारीको शब्द तथा स्वरमा आध्यात्मिक भजन युटुभ मार्फत् सार्वजनिक गरिएको हो ।

भजनमा दुर्गा र उनका बाबु हरिलाल अधिकारीले स्वर दिएका छन् । अधिकारीको परिवार आध्यात्मिक चिन्तनमा रुचि राख्दछन् । आध्यात्मिक चिन्तनले मानिसलाई सकारात्मक उर्जा दिने अनुभव रहेको बताउने अधिकारीले गित मार्फत् मानिस स्वयं भगवान्को रुप भएको हुँदा मानिसको जीवनलाई सार्थक बनाउन सन्देश दिएकी छिन् ।

भौतिक जिवनमा रुमलिएर देशमा रहेको व्याप्त भष्टाचारको न्यूनीकरणको लागि भजनले सन्देश दिन खोजेको छ । आम नागरिकले अन्तिम सत्य र जीवनको आनन्द बुझ्ने हो भने मात्र पनि मानिसको सुन्दरतम कृति जीवन सार्थक हुने भावमा गीत लेखिएको गायिका अधिकारीको भनाई छ ।

परिवारलाई मन्दिरको रुपमा लिन सकिने हो भने पारिवारीक एकता र मेलमिलापले मानिसले जस्तो सुकै काममा पनि सफलता प्राप्त गर्न सकिने अधिकारीको परिवारको अनुभव छ ।

लामो समयदेखि सञ्चार क्षेत्रमा आवद्ध रहेकी अधिकारीले आफ्ना माता पिताको संस्कार र आफ्नो पेशाको दौडानमा भेटिएका नागरिकहरुबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आध्यात्मिक चिन्तनको ज्ञान प्राप्त भएको बताउँछिन् । उक्त गीतले योग र ध्यान मार्फत् आरोग्य जीवन जिउन सकिने सन्देश समेत दिएको छ ।

कमेन्टहरु
Loading...