लण्डनको गोल्डेनसिप पनि तताए बिग आइकन साजनले

पोखरा, १७ पुस /बिग आइकन साजन आलेले लण्डनको साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्टमा पनि आफ्नो प्रस्तुती दिएका छन् ।  गोल्डेनसिप रेष्टुरेन्टले शुक्रबार साँझ आयोजना गरेको कार्यक्रममा साजनले करिब २ दर्जन गीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेका हुन् ।

नेपालीपत्रसँगको सहकार्यमा आयोजिनत कार्यक्रममा साजनले नयाँ, पुराना तथा चर्चित र गीतहरु गाएका थिए । साजनको सुमधुर आवाज र मौलिक गायन शैलीले कार्यक्रममा सहभागी धेरै दर्शक मन्त्रमुघ्न भएका थिए । साजनले प्रस्तुति गरिरहँदा उनीसंगै गाउने र नाच्नेको कमी देखिएन । कार्यक्रमका कतिपय सहभागीले स्वस्फूर्तरुपमा साजनलाई नगद पुरस्कार समेत दिए भनेगोल्डेनसिप रेष्टुरेन्टका सञ्चालक देव गुरुङले खादा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा पुरानो डुंगा चलचित्रका निर्देशक रामबाबु गुरुङ, चलचित्र निर्देशक तथा निर्माता निरक पौडेल, नायक ध्रुव दत्तसहित बेलायतस्थित नेपाली समुदायका कैयौं विशिष्ट व्यक्तित्व र सञ्चारकर्मीहरु उपस्थित थिए । पछिल्लो एक सातामा बेलायतमा झण्डै आधा दर्जन कार्यक्रम गरिसकेका साजनले शनिबार रेडिंगमा तमु धिं यूकेको ल्होछार कार्यक्रममा गाउँदैछन् भने जनवरी १ तारिखमा निरमाया रोधीघर अल्डरसट तथा जनवरी ४ तारिख चौतारी रेष्टुरेन्ट प्लमस्टिडमा कार्यक्रम गर्दैछन् ।

पोखरास्थित बिग एफएमले हरेक वर्ष आयोजना गर्ने राष्ट्रिय गायन प्रतियोगिताका विजेता साजन र बिग एफ एम अध्यक्ष महेश भण्डारी द ब्रिटिश कलेज र नेपालीपत्रको निमन्त्रणमा एक साताअघि बेलायत पुगेका हुन् । उनीहरु जनवरी ५ तारिखमा नेपाल फर्किँदैछन् ।

कमेन्टहरु
Loading...