दिवेश पोखरेल अमेरिकन आइडलको फाइनलमा प्रबेश

पोखरा, ५ जेठ / नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको टप ५ मा प्रवेश गर्दै उपाधि नजिक पुगेका छन् ।

टप ५ को घोषणासँगै उपाधिका लागि भोटिङ खुल्ला भएको छ । दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्डमा प्रत्येकले दुई दुई वटा प्रस्तुति दिदै दिने छन् ।

एक घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा सबैले आ–आफ्नो घरबाटै प्रस्तुति दिइरहेका छन् । टप ५ मा पुगेका मध्ये दिवेश सहित ४ जना विदेशी मूलका हुन् ।

कमेन्टहरु
Loading...