विभागीय टोलीको बर्चस्व तोड्दै गण्डकी प्रदेश फाईनलमा

फाइल तस्बिर

पोखरा, २४ जेठ/ चौथो प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलमा विभागीय क्लबको चुनौतिलाई गण्डकी प्रदेशले पन्छाएको छ । सधै विभागीय क्लबको छायाँ रहँदै आएको भलिबलमा गण्डकी प्रदेशको उदयले प्रतिस्पर्धा रोमाञ्चक बन्ने अडकल काट्न शुरु गरिएको छ ।

शुक्रबार भएको सेमिफाईनलमा आर्मीलाई पराजित गर्दै समूह विजेता बनेको शसस्त्र प्रहरी बललाई समूहमा उपविजेता बन्दै सेमिफाईनल प्रवेश गरेको गण्डकीले चौथो सेट खेल्दै जितको खुशीयाली मनायो ।

सेमिफाईनल खेलमा विभागिय टोली एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा भएको पहिलो सेमिफाईनल खेलमा गण्डकीले २५-२३, २१-२५, २५-२३, २९-२७ को जित निकाल्दै फाईनलमा स्थान पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले ३ लाख रुपैया प्राप्त गर्ने छ । उपविजेताले १ लाख ५० हजार तथा तेस्रोले ७५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइकको हकदार हुने छन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार पाउने गण्डकी प्रदेशका टिम प्रशिक्षक राजकुमार गुरुंगले जानकारी दिए ।

कमेन्टहरु
Loading...