सडनडेथमा इटलीलाई हराउँदै जर्मनी युरोकपको सेमिफाइनलमा

पोखरा, १९ असार (एजेन्सी)/इटलीलाई सडनडेथमा हराउदै विश्व च्याम्पियन जर्मनी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ। फ्रान्सको बोर्डोमा आज बिहान भएको खेलको निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा जर्मनी ५-६ गोल अन्तरले विजयी भयो।

यसअघि टाइब्रेकरमा जर्मनीका थोमस मुलर, ओजिल र स्वाइन्सगाइटर चुके। तर, इटलीका पनि जाजा, पेले र बोनुचीले गोल गर्न सकेनन् र २-२ भयो। सडन डेथ लगातार तीन पेनाल्टीमा दुबै टोलीले गोल गरे। इटलीका गिआचेरिनी, पारोला र डि सिलिओले गोल गरे भने जर्मनीका हृयामल्स, किमिच र बोटेङले गोल गरेका थिए।

सडनडेथमा इटलीलाई हराउँदै जर्मनी युरोकपको सेमिफाइनलमा
सडनडेथमा इटलीलाई हराउँदै जर्मनी युरोकपको सेमिफाइनलमा

नवौं प्रहारमा इटलीका डर्मिअन चुके । उनको प्रहार जर्मन गोलकिपर नुयुरले रोके। लगतै जोनस हेक्टरले गोल गर्दै विश्व विजेता जर्मनीलाई युरोपियन च्याम्पियनसिपको अन्तिम चारमा पुर्‍याए। खेलको ९० मिनेटभित्र इटालीलाई केही दबाबमा राखेको जर्मनीका लागि ६५ औं मिनेटमा ओजिलको गोलबाट अग्रता लिएको थियो।

तर, ७८ औं मिनेटमा इटलीले पेनाल्टीमार्फत गोल फर्काएर खेल बराबरीमा ल्यायो। जर्मन डिफेण्डर जेरोमी बोटेङले डिएरियामा हृयाण्ड गर्दा उसले पेनाल्टी पाएको थियो, जसमा बोनुचीले गाले गरे। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकियो । थपिएको ३० मिनेटको खेलमा पनि दुबै टोलीबाट गोल हुन सकेन । र, निर्णय टाइब्रेकरबाट लिइयो । जर्मनीले आयोजक फ्रान्स र आइसल्याण्डको विजेतासँग सेमिफाइनल खेल्नेछ।

कमेन्टहरु
Loading...