पोखरा स्पोटर्स अवार्ड सम्पन्न गर्न विभिन्न उपसमिति गठन

पोखरा, १३ वैशाख /नेपाल खेलकुद पत्रकार मञ्च कास्की शाखाको आयोजनामा आउदो जेठ १ गते पोखरामा हुने “पोखरा स्पोटर्स अवार्ड २०७२” लाई सफल पार्न विभिन्न उपसमितिहरु गठन भएको छ ।

मञ्च कास्कीका कार्यवाहक अध्यक्ष सन्देश श्रेष्ठको अध्यक्षतामा सोमबार पोखरामा बसेको १४ औं बैठकले विभिन्न ६ वटा उपसमिति गठन गरेको मञ्चका सचिव दिननाथ बरालले बताए । मञ्च कास्कीका का.वा. अध्यक्ष सन्देश श्रेष्ठको मुल संयोजकत्वमा उपसमिति गठन भएको हो ।

आर्थिक उपसमिति संयोजकमा सन्देश श्रेष्ठ, यसमा सदस्यहरुमा संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, निवर्तमान अध्यक्ष विनोद लामिछाने, का.वा. कोषाध्यक्ष रन्जन अधिकारी र शन्तोस पोखरेल रहेका छन । प्रचार प्रसार उपसमिति संयोजकमा दिननाथ बराल, सदस्यहरुमा विजय नेपाल अर्जुन गिरी र कृष्णमणि बराल रहेका छन भने मंच व्यबस्थापन उपसमिति संयोजकमा मन क्षेत्रि, सदस्यहरुमा सुरज श्रेष्ठ र अर्जुन गिरी रहेका छन ।

अतिथि सत्कार उपसमिति संयोजकमा अर्जुन गिरी र सदस्यहरुमा दिपक गोदार, मन क्षेत्री र रोहितराज पराजुली रहेका छन भने पुरस्कार व्यबस्थापन उपसमिति संयोजकमा विनोद लामिछाने सदस्यहरुमा दिननाथ बराल र सागरराज तिमिल्सिना रहेका छन । सांस्कृतिक कार्यक्रम संयोजकमा सुरेन कुमार शुशिल सदस्यमा दिपक परियार रहेका छन ।

कास्कीमा पहिलो पटक उक्त अवार्ड गर्न लागिएकोले सो अवार्डलाई सफल पार्न सम्पुर्ण संघ संस्थासंग मञ्चले सहयोगको अपेक्षा समेत गरेको छ । उक्त अवार्डबाट महिला तथा पुरुष तर्फका एक एक जना खेलाडीलाई बर्ष खेलाडीबाट सम्मान गर्ने भएको छ। त्यसै गरी लाईफटाईम अचिभमेन्ट अवार्ड, बर्ष उत्कृष्ट प्रशिक्षक र बर्ष उत्कृष्ट नव प्रतिभा खेलाडीलाई अवार्ड वितरण गरीने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले विगतका बर्ष देखि राजधानिमा पल्सर स्पोटर्स अवार्ड गर्दै आएको छ ।

कमेन्टहरु
Loading...