म्यानचेस्टर सिटीले ५ वटै खेल जितै लिगको शीर्षस्थानमा

सिटी, २ असोज /बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले म्यानचेस्टर सिटीको प्रशिक्षणको जिम्मेवारी बहन गरेपछि लन्डनको सिटी क्लबले प्रिमियर लिगमा आफ्नो प्रर्दशनलाई झन बढी मजबुत बनाएको छ। सिटीले शनिबार खेलेको प्रिमियर लिगको ५ औं खेलमा बर्नेमाउथविरूद्ध ४–० को फराकीले अन्तरले हरायो ।

ग्वार्डिओलाको सिटीमा यो अपराजित यात्रा हो। यो जितसँगै प्रिमियर लिगमा सिटीले पाँच खेल जितेर १५ अंकका साथ आफूलाई शीर्षस्थानमा राखेको छ। सर्जियो अगुइरो बिना मैदानमा उत्रिएको सिटीका लागि बेल्जियमका केभिन डि ब्रोयनले शनिबार पनि प्रभावशाली प्रदर्शन गरे।

म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडलाई २–१ ले हराउन उत्कृष्ट प्रदर्शन गरेका केभिनले खेल सुरु भएको १५ मिनेटमा गोल गर्दै सिटीलाई ५४ हजार घरेलु दर्शकमाझ अग्रता दिलाएका थिए। अर्को गोल २५ मिनेटमा केलेची इहानाचोले गरे। तेस्रो गोल ४८ मिनेटमा रहीम स्टार्लिङले गरे। सिटीबाट ‘डेब्यु’ गरिरहेका इके गुनडोगनले ६६ मिनेटमा चौथो गोल गरेपछि बर्नेमाउथ कमजोर देखिएको थियो।

सिटीले ‘हेडबट’ घटनामा खेलको अन्त्यतिर नालिटोलाई गुमाएको थियो। बर्नेमाउथका एडम स्मिथलाई टाउकोले हिर्काएको घटनामा नालिटो ८६ मिनेटमा रातो कार्ड पाउदै बाहिरिएका थिए।

कमेन्टहरु
Loading...