लेकसाइड र विष्णु पादुका शुभकामना कपको सेमिफाइनलमा

पोखरा, ५ वैशाख /हेमजा युनाइटेडद्वारा आयोजित शुभकामना कप नकआउट फुटबल प्रतियोगितामा लेकसाइड एफसी र विष्णु पादुका क्लब हेमजा सेमिफाइनलमा प्रवेश गरेका छन्। गौरी शंकर खेल मैदान(गैरी) मा मङ्गलबार भएको पहिलो क्वाटर फाइनल खेलमा लेकसाइड एफसीले आयोजक हेमजा युनाइटेडलाई ५–० गोलअन्तरले पराजित ग¥यो।

खेलमा लेकसाइड एफसीको तर्फबाट सञ्जय बुढाथोकीले ह्याट्रिक गर्दा अनिल गुरुङ र सुभाष गुरुङले एक÷एक गोल गरे। सो खेलमा लेकसाइड एफसीका सञ्जय बुढाथोकी म्यान अफ दि म्याच घोषित भए। त्यसैगरी दोस्रो खेलमा विष्णु पादुका क्लब हेमजाले सहारा क्लब पोखरालाई ट्राइवेकरमा ५–३ ले पराजित ग¥यो। निर्धारित समयमा दुवै टिमबाट तीन÷तीन गोल भएपछि खेल ट्राइवेकरमा पुगेको थियो।

उक्त खेलमा विष्णु पादुका क्लबको तर्फबाट अशोक नेपाली, सञ्जोग केसी र अजय श्रेष्ठले एक÷एक गोल गरेका थिए भने सहारा क्लबबाट मानबहादुर तामाङ, किरण रानाभाट र एलेक्सले एक÷एक गोल गरेका थिए। खेलमा विष्णु पादुका क्लबका अशोक नेपाली म्यान अफ दि म्याच घोषित भए। बुधबार पहिलो क्वाटर फाइनल खेल भदौरे युवा क्लब र संगम एफसी तथा दोस्रो खेल हाम्रो हिमशिखर क्लब फेदिखोला स्याङ्जा र सत्य युवा क्लब बाँझापाटनबीच हुने क्लबका कोषाध्यक्ष इन्द्र कुँवरले जानकारी दिए।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ हेमजा युनाइटेडले आयोजना गरेको उक्त प्रतियोगिता बैशाख ९ सम्म चल्ने छ। प्रतियोगितामा १६ टिम सहभागी छन्। विजेताले एक लाख ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले ७५ हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।

कमेन्टहरु
Loading...