फुल कन्ट्याक्ट शिन क्योकुशिन कराँतेको उपाधि पोखराका कृष्ण पौडेललाई

पोखरा, २६ भदौ/दोश्रो लक्ष्मण स्मृति फुल कन्ट्याक्ट शिन क्योकुशिन कराँते प्रतियोगिता २०७३ मा पोखराका कृष्ण पौडेलले खुल्ला पुरुष तर्फको उपाधि जितेका छन ।

शनिबार पोखरा लेकसाइडको क्याम्पीङचोक स्थित खेल मैदानमा भएको फाईनलमा पौडेलले पोखराकै अरुण गुरुङलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन। गुरुङले रजत पदक पाउदा विनोद निरौलाले कास्य पदक जिते । त्यसै गरी ६० केजी तौल समुहमा सन्तोस कुमार गुरुङले स्वर्ण पदक जितेका छन भने ब्रजेस कसाजु श्रेष्ठले रजत र विकास भण्डारीले काँस्य पदक जितेका हुन ।

फुल कन्ट्याक्ट शिन क्योकुशिन कराँतेको उपाधि
फुल कन्ट्याक्ट शिन क्योकुशिन कराँतेको उपाधि

प्रतियोगितामा पुरुष तर्फ उत्कृष्ट खेलाडी ५५ केजी तौल समुहका ईश्वर सुवेदी र महिला तर्फ उत्कृष्ट ५० केजी तौल समुहमा दोलखाकी रेजना दर्नाल घोषित भए । उनीहरुलाई राखेपका सदस्य सचिव केशवकुमार विष्ट र वक्सीङका पुर्व अन्तर्राष्ट्रिय खेलाडी पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले खेलाडीलाई हौसला स्वरुप ५÷५ हजार नगद पुरस्कार वितरण गरेका हुन ।

५० केजी कम तौल समुहमा पोखराका साजन तामाङले स्वर्ण, काठमाण्डौंका दिनेश लामाले रजत र बाराका ओम प्रकाश महतोले काँस्य पदक जितेका हुन । ५५ केजी कम तौल समुहमा पोखराका नविन शेर्पाले स्वर्ण पदक जित्दा मकवानपुरका विनोद थापाले रजत पदक हात पारे । मकवानपुरकै रोसन प्रजाले भने कास्य पदक हात पारे ।

४० केजी कम तौल समुहमा काठमाण्डौका प्रविन लामाले स्वर्ण, बाराका आकास कुमारले रजत र बाराकै अभय राउतले कास्ँय पदक जितेका हुन । त्यसै गरी महिला तर्फ भएको खुल्ला तौल समुहमा काठमाण्डौंकी निसा वोहराले स्वर्ण पदक जितेकी छन । काठमाण्डौंकी अम्वीका भुजेलले प्रतियोगितामा रजत पदक हात पार्दा चितवनकी सृजना तामाङले काँस्य पदक जितेकी हुन ।

५० केजी कम तौल समुहमा मकवानपुरकी निर्मला ल्होले स्वर्ण, काठमाण्डौंकी किरण सुवेदीले रजत र मकवानपुरकी उसा मुक्तानले काँस्य पदक जितेकी हुन । उक्त अवसरमा विजयी खेलाडीहरुलाई राखेपले नगदको व्याबस्था गरेको थियो । स्वर्ण विजेतालाई ३ हजार, रजतलाई २ हजार र कास्य पदक विजेतालाई एक हजार पुरस्कार प्रदान गरेको छ ।

विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई, स्वर्गीय लक्ष्मण श्रेष्ठका धर्मपत्नी सुस्मा श्रेष्ठ, कराँते महासंघका महासचिव हरीशरण केसी, नेपाल फुलकन्ट्याक कराँते महासंघका महासचिव विष्णुकान्त अर्याल, क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, शिन क्योकुशिन कराँते संघ पश्चिमाञ्चलका प्रमुख प्रशिक्षक असोक लामा (रुम्वा) लगायतले ट्रफि मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

प्रतियोगितामा २१ जिल्लाका एक सय ५५ जना खेलाडीहरु सहभागि भएको संघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कुमार श्रेष्ठले बताए । त्यसै गरी भारतको रक्सौलबाट १६ जना खेलाडीहरु आएको प्रशिक्षक लामाले बताए । संघका संस्थापक अध्यक्ष लक्ष्मण कुमार श्रेष्ठको गत बर्ष निधन भएकोले उनको स्मृतिमा उक्त प्रतियोगिता संचालन भएको हो ।

कमेन्टहरु
Loading...