धारापानीमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

ढिकुरपोखरी, ९ भदौ / हरितालिका तीजको अवसर पारी कास्कीको ढिकुरपोखरी ५, धारापानी स्थित धारापानी युवा क्लवको आयोजनामा खुल्ला सेभेन ए साइड नकआउट फुटवल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता यहि भदौ १७ गतेदखि २० गतेसम्म स्थानिय धारापानी माध्यमिक विद्यालयको खेल मैदानमा संचालन गरिने तयारी गरिएको छ । त्यस्तै प्रतियोगितामा कुल २२ समूहले भाग लिने साथै छेलो प्रतियोगिता र स्थानिय तथा राष्ट्रिय कलाकारद्वारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने तयारी पनि भइरहेको क्लवका अध्यक्ष अर्जुन सुनारले जानकारी दिए ।
प्रतियोगिताको बिजेता समूहले नगद रु. ३० हजार, उपबिजेता समूहले नगद रु. २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । विगत वर्षहरुमा ढिकुरपोखरी ४ स्थित माछापुच्छे« खेल मैदानमा हरितालिका तिजको अवसरमा ढिकुरपोखरी युवा संजालद्वारा हरितालिका तिज मेला गरिदै आइएको भए पनि यस वर्ष उक्त खेल मैदान मर्मत गर्न लागिएकाले उक्त तीज मेला भने नहुने जनाइएको छ ।

कमेन्टहरु
Loading...