कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्र सार्वजनिक, कुन देश कुन समूहमा

पोखरा, ११ जेठ /अर्को महिनाबाट सुरु हुने कोपा अमेरिका फुटबल प्रतियोगिताको टिम घोषणा भएको छ । एक सय वर्ष पूरा भएको अवसरमा हुन लागेको प्रतियोगिताका लागि सहभागी १६ देशले सोमबार २३ खेलाडी सम्मिलित अन्तिम टिम घोषणा गरेका हुन् । फुटबलको पुरानो अन्तर्राष्ट्रिय प्रतियोगिता कोपा अमेरिका फुटबल अर्को महिना अमेरिकामा सुरु हुँदैछ ।

कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्र सार्वजनिक, कुन देश कुन समूहमा
कोपा अमेरिका फुटबल प्रतियोगिताको ड्र सार्वजनिक, कुन देश कुन समूहमा

पाँच पटकका बालोन डी’ओर विजेता अर्जेन्टिनाका लियोनल मेस्सी, चिलीका एलेक्स सान्चेज र ब्राजिलका डानी अल्वेस यसपटक चर्चामा रहेका नाम हुन् । समूह डीमा रहेको अर्जेन्टिनालाई १५ पटक उपाधि दिलाउन मेस्सीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

अर्जेन्टिनाले समूह चरणको पहिलो खेलमा जुन ६ मा गएको वर्षको विजेता चिलीसँग क्यालिफोर्नियामा खेल्ने छ । आर्सनलका स्ट्राइकर सान्चेज गएको वर्ष जस्तै यसपटक चिलीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिकामा हुनेछन् । ब्राजिलका राइट ब्याक अल्वेस युरोपियन क्लब प्रतियोगितामा अहिलेसम्मकै उत्कृष्ट फुटबलर मध्ये एक हुन् ।

उनी ब्राजिललाई ९ औं पटक दक्षिण अमेरिकाको च्याम्पियन बनाउने प्रयासमा टिममा हुनेछन् । यस्तै अरु चर्चा गरिएका नाम अमेरिकाका माइकल ब्राडली, मेक्सिकोका जाभिएर हर्नान्डेज तथा कोलम्बियाका जेम्स रोड्रिग्वेज हुन् । जुन ३ मा सुरु हुने प्रतियोगिता दक्षिण अमेरिका बाहिर हुन लागेको यो पहिलो पटक हो । प्रतियोगिताको फाइनल खेल जुन २६ मा हुनेछ ।

कुन समूहमा कुन देश

समूह ए -अमेरिका, कोलम्बिया, कोस्टारिका र पाराग्वे
समूह बी – ब्राजिल, इक्वेडर, हाइटी र पेरु
समूह सी – मेक्सिको, उरुग्वे, जमैका र भेनेजुएला
समूह डी – अर्जेन्टिना, चिली, पानामा र बोलिभिया

एजेन्सी सहयोगमा

कमेन्टहरु
Loading...