सडक महोत्सवको ७० प्रतिशत तयारी पुरा

सागर राज तिमिल्सिना
पोखरा, २३ मंसिर/रेष्टुरेण्ट एण्ड बार एसोसिएसन रेवान पोखराले आयोजना गर्ने १५ औं सडक महोत्सबको काम करिब ७० प्रतिशत तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । महोत्सवको आन्तरीक कामलाई बढि जोड दिएको रेवान पोखराका अध्यक्ष गोपी भट्टराईले जानकारी दिए । उनले प्रायोजक खोज्ने काम, प्रचार प्रसारका लागी पोस्टर पम्पेल्ट छाप्ने काम लगाएतका काम सकिएको भट्टराईले जानकारी दिए ।

नयाँ वर्ष तथा क्रिसमको अवसरमा आयोजना भएको महोत्सवमा फुड, कल्चर र म्युजीकलाई जोड दिएको उनले जानकारी दिए । करिब ४ लाख स्वदेशी तथा विदेशी पर्यटक पोखरा ल्याउने आयोजको बताएका छन् । स्वदेशी पर्यटकलाई पोखरामा निमन्त्रण दिन सोमबार देखि नेपालका विभिन्न शहरमा प्रचार प्रसार अभियान सन्चालन गर्ने उनले जानकारी दिए । सोमबार देखि पाल्पा, बुटवल, लुम्वीनी, भैरहवा, चितवन लगाएतका शहरमा प्रबद्र्धन गर्न पोखराबाट टोली सोमबार जाने उनले जानकारी दिए ।
महोत्सब अबधिभर रेवानमा आबद्ध रेष्टुरेष्टका रेगुलर मेनुमा १० देखि १५ प्रतिशत सम्म छुटको दिने आयोजकले जानकारी दिएको छ । पुष १३ देखि १७ गते सम्म लेकसाईडमा हुने महोत्सबमा रेवानमा आबद्ध ७५ रेष्टुरेण्टले बिशेष छुट सहितको मेनुको प्रयोग गर्नेछन् । लेकसाईडको साढे ३ किलोमिटर क्षेत्रमा बिहान ११ देखि राति १ बजेसम्म महोत्सब सञ्चालन हुनेछ ।
महोत्सब सम्पन्न गर्न ४६ लाख खर्च अनुमान गरिएको र ५० लाख आम्दानीको लक्ष्य राखिएको छ । महोत्सब अबधिभर ५ दिनमा ४ करोडको कारोबार हुने आयोजकको दाबि छ । सडकमै खाऔ, सडकमै नाचौ, सडकमै रमाऔ भन्ने नारा सहित आयोजित महोत्सबमा खानाको परिकार संगै नेपालका पाचै बिकास क्षेत्रका सास्कृतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...