पोखरामा पर्यटकीय स्तरका ६ सय ४३ होटल

सुरेन्द्र पौडेल /पर्यटकीय नगरी पोखरामा हालसम्म ६ सय ४३ होटलहरु दर्ता भएर सञ्चालनमा आएका छन् । पोखरा पर्यटन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०६९÷७० मा मात्र १९ ओटा पर्यटकस्तरका होटल थप भएका छन् । गत वर्ष थप भएका होटलहरुमा अथिति रिसोर्ट एण्ड स्पा, होटल राजु गुरुङ, होटल हाइल्याण्ड, भञ्ज्याङ भिलेज जल, होटल लेक टप, ग्रान्ड होटल बेगनास, होटल तारा, होटल साधना, होटल माउन्टेन भ्यू, होटल गार्डेन लगायत छन् ।

Hotel photoत्यसैगरी चालु आर्थिक वर्षको साउनमा ४ र भदौमा २ ओटा होटलहरु थप भएका छन् । साउनमा होटल क्रिष्टल प्रालि, होटल दिचेरी गार्डेन, होटल माउन्टेन भिलेज र होटल लेक स्टार तथा भदौमा होटल माउन्टेन रिभर भ्यू र होटल सेन्टर लेक सञ्चालनमा आएका हुन् । गत आर्थिक वर्ष तथा चालु आवको दुई महिनामा सञ्चालनमा आएका होटलहरुमा मात्र एक अर्वभन्दा बढी लगानी भएको बताइएको छ ।

पोखराका हालसम्म सञ्चालित होटलहरुमा कूल ७५ अर्ब भन्दा बढी लगानी भएको पश्चिमाञ्चल होटल संघ पोखराले जानकारी दिएको छ । ‘यहाँ सामान्यदेखि पाँचतारे होटलहरु सञ्चालनमा आएका छन्’ संघका अध्यक्ष हरिशर्मा गैह्रेले भने, ‘पोखरामा पर्यटन व्यवसाय फस्टाएसँगै होटलको संख्यामा पनि बृद्धि भइरहेको छ ।’ पोखरामा रहेको फूलबारी रिसोर्ट र पोखरा ग्राण्ड पाँचतारे होटल हुन् । त्यस्तै, कास्कीकै पर्यटकीय स्थल रुपाकोटमा पाँचतारे रुपाकोट रिसोर्टको निर्माण भइरहेको छ ।

पोखरामा रहेका अन्य मूख्य होटलहरुमा सांग्रिला, फेवाप्रिन्स, होटल बाराही, फिस्टेल लज, टेम्पल ट्रि, अतिथि, होटल ग्लेसिएर, ल्याण्डमार्क, ट्रेक ओ टेल, पोखरा भिलेज रिसोर्ट लगायत छन् । पोखराका होटलहरुमा झण्डै करोडदेखि अरब भन्दा बढीसम्म लगानी भएको बताइएको छ । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा बढी होटलहरु सञ्चालनमा आएका छन् । लेकसाइडबोहक ड्यामसाइड, सराङकोट, नौडाँडा, लेखनाथको बेगनास ताल वरपर, लेखनाथकै लामास्वाँरा, पुम्दीभुम्दीमा पनि प्रशस्त होटलहरु खुलिरहेका छन् । पछिल्लो समयमा ग्रामीण पर्यटनलाई लक्षित गरी ग्रामीण भेगमा पर्यटनस्तरका होटलहरु सञ्चालन आउने क्रम बढेको हो ।

पोखराका होटलहरुले नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउँछन् पश्चिमाञ्चल होटल संघ पोखराका पूर्व अध्यक्ष विप्लव पौडेल । यहाँका होटल व्यवसायीहरुले पर्यटकलाई पोखरा भित्र्याउन ‘जाउँ है पोखरा’, ‘चलिय पोखरा’ लगायतका अभियान सञ्चालन गरिरहेको विप्लवले बताए । पोखरामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले जाउँ है पोखरा अभियान १२ वर्ष अगाडिदेखि शुरु भएको हो । यो अभियान अन्तर्गत पोखराका होटल व्यवसायीहरुको टोलीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म भ्रमण गरिसकेको पौडेलले जानकारी दिए । पोखरामा रहेका होटलहरुले दैनिक १५ हजार पर्यटकहरुलाई सेवा सुविधा प्रदान गर्न सक्ने बताइएको छ । पोखरामा सञ्चालमा रहेका होटलहरुमा हजारौंले रोजगारी पाइरहेका छन् ।

कमेन्टहरु
Loading...