खराम मौषमको कारण पोखरा बिमानस्थलका सबै उडान रद्ध

गोकुल बानियाँ
पोखरा, १० पुस । खराब मौषमको कारण पोखरा बिमानस्थलका सबै उडान अबरुद्ध भएका छन् । मौषम प्रतिकुलताको कारण पोखरा बिमानस्थलबाट हुने आजका सबै उडान रद्द भएको नागरिक उड्ययन कार्यालय पोखराले जनाएको छ । काठमाण्डौ–पोखरा–काठमाण्डौ उडान नहुदा क्रिसमस मनाउन पोखरा आउने र पोखराबाट काठमाण्डौ जाने यात्रु मर्कामा परेका छन् ।pokhara airport

त्यस्तै हिमाली जिल्ला मनाङ र मुस्ताङको उडान पनि हुन सकेन । पोखरा साईडसिनमा प्रयोग हुने अल्ट्रालाईट उडान पनि आज ठप्प रहेको छ भने प्याराग्लाईडिङ उडान समेत प्रभाबित भएको छ ।पोखराबाट बुद्ध, यति संगै सिम्रिक र तारा एयरले उडान भर्दै आएका छन् । यो समयमा पोखरा–काठमाण्डौ –पोखरा बुद्ध एयरले दैनिक १२ उडान गर्दै आएको छ भने यति एरलायन्सले दैनिक १० उडान भर्दै आएको छ ।

यसको साथै पोखरा –जोमसोङ–पोखरा दैनिक एक उडान हुदै आएको छ । आकाश बादलले ढाकेको र अत्याधिक चिसोका कारण भिजिबिलिटी राम्रो नहुदा उडान प्रभाबित भएको नागरिक उड्ययन कार्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...