एनसेलको १ करोड २५ लाखको रिर्चाजकार्डमा प्रहरीको छापा

सागर राज तिमिल्सिना
पोखरा, ३ चैत /प्रहरीले पोखरामा भ्याट छलि गरेको भन्दै एनसेलको रिर्चाजकार्ड विक्रि वितरण गर्दैआएको एक कम्पनीलाई अनुसन्धानका लागि छापा मारेको छ । पोखरा लेखनाथ महानगर पालिका ७ मा रहेको एक घरबाट करिब १ करोड २५ लाख बराबरको रिर्चाजकार्ड अनुसन्धानका लागि लिएको हो ।

एनसेलका पुराना डिलरहरु सगँ विवाद भए पछि एनसेल कम्पनीले नयाँ डिलन न्युक्ती गरि भित्र भित्रबाट कर छलि गरि विक्रि वितरण गर्दै व्यवसायीको आरोप छ । करिब १ करोड २५ लाखको रिर्चाज कार्ड स्टकमा रहेको र करिब २ करोड बराबरको रिर्चाज कार्ड विक्रि गरी सकेको एनसेल डिलर एशोसियसनका पुर्व अध्यक्ष श्माम गुप्ताले बताए ।

रिर्चाज कार्डहरु एक्सिस इन्टरप्राइजेजले पोखरामा विक्रि गर्दै आएको भए पनि भ्याट तिरेको विल भने कम्पनीले देखाउन सकेको प्रहरीले जानकारी दिएको छ । एक्सिसमा कार्यरत कर्मचारी राजेश श्रेष्ठले १ करोड ७३ लाखको रिर्चाज कार्ड कम्पनीबाट लाएको बताए ।

कम्पनीका संचालक बालकृष्ण न्यौपानेलाई टेलिफोन सम्र्पक गर्दा फोन नै उठाएनन् । छापा मारेका रिर्चाज कार्डलाई थप अनुसन्धानका लागि राजश्व कार्यालय पठाउने अनुसन्धामा संलग्न प्रहरी निरिक्षक मोहनमणि अधिकारीले जानकारी दिए ।

कमेन्टहरु
Loading...