लेखनाथको फागुन ३ गते देखि, महोत्सवको तयारी अन्तिम चरणमा

पोखरा, ३ फागुन/लेखनाथमा फागुन ५ गते देखि सुरु हुने १२ औं लेखनाथ महोत्सबको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको आयोजना हुने महोत्सवका लागि सम्पूर्ण स्टल बुकिङ्ग भैसकेको र अन्य व्यवस्थापन पनि पुरा भएको सोमबार आयोजीत पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मी त्रिपाठीले जानकारी दिए ।

लेखनाथको फागुन ३ गते देखि, महोत्सवको तयारी अन्तिम चरणमा
लेखनाथको फागुन ३ गते देखि, महोत्सवको तयारी अन्तिम चरणमा

फागुन १६ सम्म लेखनाथ १ भण्डारढिक मैदानमा सञ्चालन हुने महोत्सबमा कृषि, हस्तकला, कर्पोरेट, अटो, जनरल, फेन्सी, गार्मेन्ट, डेरी र रेष्टुरेण्ट लगायतका तीन सय स्टल रहनेछन् । महोत्सबमा झण्डै २० करोड रुपैया कारोवारको लक्ष्य राखिएको छ । महोत्सब अबधिभर तीन लाख दर्शक भित्रने अपेक्षा रहेको त्रिपाठीले जानकारी दिए । महोत्सबबाट करिब एक करोड पाँच लाख आम्दानी, ७५ लाख खर्च हुने आयोजकको दाबी छ । खर्च कटाएर बचन हुने झण्डै ३० लाख रुपैया सामाजिक उत्तरदायित्व बहनमा खर्च गर्ने उनले जानकारी दिए ।

१२ दिनसम्म चल्ने महोत्सवमा ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने मुल नारा रहेको छ । महोत्सवमा नेपाल सरकार व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, पशुपंक्षी बजार प्रवद्र्धन निर्देशनालय र पशु उत्पादन निर्देशनालय, कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रम, लेखनाथ नगरपालिका कार्यालयको सह–आयोजना, नेपाल पर्यटन वोर्ड प्रवद्र्धक रहि संचालन हुने लेखनाथ महोत्सवले समग्र पोखरा उपत्यकाको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउने विश्वास लिएको अध्यक्ष त्रिपाठीले जनाए ।

गाँउ ठाँउमा उत्पादन भएका बस्तु तथा सेवाको बजारीकरणको लागि तथा अर्थतन्त्रलाई चलायमान वनाउनको लागि पनि महोत्सवलाई निरन्तरता दिएको उनले बताए । यस्ता महोत्सवले स्थानीय उत्पादन साथै लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा छिमेकी मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन साथै आन्तरिक एवं वाह्य पर्यटकको विकासमा सहयोग पु¥याउने उनको विश्वास छ ।

महोत्सवमा आउने दर्शकको मनोरन्जनका लागि राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको दैनिक प्रस्तुती रहने साथै लेखनाथ महोत्सवमा गण्डकी तारा अन्र्तगत स्थानीय एवं राष्ट्रिय कलाकारहरु जन्माउन सफल प्रतिभाको खोजी अभियान अन्तरगत गायन विधामा गण्डकी तारालाई प्रतियोगिता रहेको प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए ।

टप २० मध्ये उत्कृष्ट एक प्रतिभाले संगितकार वसन्त सापकोटाको संगितमा नेपाली चलचित्रमा गित गाउन पाउने व्यवस्था र उत्कृष्ट ५ मध्येवाट साझेदारीमा एक÷एक वटा गित रेकडिङ गर्ने व्यवस्था समेत मिलाएको अधिकारीले जानकारी दिए ।
महोत्सब प्रवेशको लागि विद्यार्थीलाई ३० र अन्यलाई ५० रुपैया टिकरदर कायम गरिएको छ । बृद्धबृद्धा, अपाङ्ग र एकल महिलाको लागि सामाजिक सुरक्षा भत्ता बितरण कार्ड मार्फत निशुल्क प्रवेश दिईने संघले जनाएको छ । साथै महोत्सब अबधिभर प्रवेशको लागि दुई सय ५० रुपैयामा प्रवेश पास उपलब्ध गराउने बताईएको छ ।

महोत्सबलाई रुपाकोट रिसोर्टले मुख्य प्रायोजन गरेको छ । २०५९ सालमा सुन्तला महोत्सवबाट सुरु भएको महोत्सव हाल राष्ट्रिय स्तरकै उत्कृष्ट महोत्सवको रुपमा पहिचान बनाउन सफल भएको छ । महोत्सवबाट वचत रकम सामाजिक उत्तरदाहित्व अन्र्तगत सामाजिक विभिन्न क्षेत्रमा र प्रस्तावित रंगशाला निमार्णमा खर्च गर्दै आएको उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...