जनमार्ग बचत तथा ऋण सहकारीको अध्यक्षमा कंडेल

पोखरा, २३ कार्तिक /पोखरा ३१ बेगनासमा रहेको जनमार्ग बचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्षमा ढकनाथ कंडेल चयन भएका छन् । संस्थाको शुक्रबार सम्पन्न नबौं बार्षिक साधारणसभा एबं चौथो अधिबेशनबाट कंडेल अध्यक्षतामा निर्बिरोध चयन भ​एका हुन् ।

सहकारीको  उपाध्यक्षमा कृष्ण प्रसाद कंडेल, सचिबमा केशब राज तिवारी र कोषाध्यक्षमा धुर्बराज कंडेल चयन भएका छन् । यस्तै, सदस्यहरुमा सोमलाल तिवारी प्रदिपराज कंडेल, लक्ष्मी पाण्डे, बसन्तराज कंडेल, सावित्री बास्तोला, टिकाराम तिवारी र शोभाकर कंडेललाई सर्बसम्मत रुपमा निर्बाचित भएका छन् ।

यसैगरि लेखा समिती संयोजकमा बिदुर त्रिपाठि, सदस्यहरुमा चन्द्रकान्त बास्तोला र बुद्दीनाथ कडेल चयन भएका छन् ।सहकारी संस्थाका अध्यक्ष मणिराम कंडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन पुस्पराज पाण्डेले गरेका थिए।

कमेन्टहरु
Loading...