ब्याजदर घटाउन पोखरा उद्योग वाणिज्य संघको माग​

माघ मसान्तसम्म ब्याजदर नघटे आन्दोनल गर्ने चेतावनी

पोखरा, २४ माघ /पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपमा ब्याजदर बढाएकोमा आपत्ति प्रकट गर्दै ब्याजदर नघटाएका आन्दोलन गर्ने चेतावनी दिएको छ ।संघले बुधबार एक विज्ञप्ति जारी गर्दै यही माघ मसान्तसम्म ब्याजदर समायोजन नभए निजी क्षेत्रका सबैजसो संघ÷संस्ृथाहरुसँग सहकार्य गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो । संघद्धारा जारी विज्ञप्तिमा ब्याजदरमा भएको अत्यधिक बृद्धिले उद्योग÷व्यवसायमा लागत बृद्धि भई प्रतिष्पर्धात्मक क्षमतामा ह्रास आएको उद्योग व्यवसायबाट हातै धुनु पर्ने स्थिति आएको जिकिर गरिएको छ ।

‘ ऋणको ब्याजमा बृद्धि हुँदा निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत मात्र बढेको छैन, नयाँ लगानी पनि निरुत्साहित हुन पुगेको छ’, संघका अध्यक्ष दामु अधिकारीद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ब्याजदर बृद्धिले नागरिकको दैनिक जीवनमा थप व्ययभारको अवस्था समेत आएको छ । ’ब्यापार÷व्यवसाय गर्दा ५ देखि ७ प्रतिशत मुनाफा कमाउन पनि मुस्किल हुने तर त्यही पूँजी बैंक वा वित्तीय संस्थामा राख्दा १२ प्रतिशतसम्म ब्याज पाइने अवस्था सृजना हुनु अर्थतन्त्रको लागि गम्भीर विषय भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पोखरा उद्योग वाणिज्य संघे बैंक तथा वित्तीय संस्थाहरुले ब्यादर बढाउँदा भएको समस्याबारे बुधबार एक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको थियो । संघका अध्यक्ष दामु अधिकारीको अध्यक्षतामा भएको बैठकमा बोल्ने व्यवसायीहरुले ब्याजदर बढ्दा व्यवसाय गर्न कठिन भएको धारणा राख्दै ब्याजदर नघटे आन्दोलनको विकल्प नभएको बताएका थिए ।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी सन्तोष पोखरेलले ब्याजदर बढ्दा व्यवसाय चौपट भएको धारणा राख्नुभयो । एकतर्फी रुपले बढाइएको ब्याजदर नघटाउने हो भने व्यवसाय बन्द गर्नुको विकल्प नभएको उहाँको भनाई थियो । पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले ब्याजदर घटाउन निजी क्षेत्रले सामूहिक रुपले दवाब दिनुपर्ने धारणा राख्नुभयो । पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको धन्यवाद तथा महासचिव अर्जुन पोखरेलको संचालन रहेको कार्यक्रममा व्यवसायीहरु विकल तुलाचन, पवित्रबहादुर नेपाली, बनमाली आचार्य, प्रेम दाहाल, तारानाथ ढुंगाना, कमलप्रसाद पौडेल,जगदिश अधिकारी, बलराम तिमिल्सिना, चुडामणि अधिकारी, माधवप्रसाद तिवारी,यमबहादुर पौडेल, उदयबहादुर केसी, रुपनारायण भुजेल,विष्णुप्रसाद तिमिल्सिना,राजन गोंगजु शुष्मा पाण्डे, हरि प्रसाद पाण्डे लगायतले ब्याजदर नघटे कडा र सशक्त आन्दोलन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

यस्तो छ प्रेस विज्ञप्तिको पूर्ण पाठ 

२०७५÷१०÷२३

प्रेस विज्ञप्ति

बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपले ऋणको ब्याजदरमा गरेको अत्यधिक बृद्धिप्रति नेपालको निजी क्षेत्रले बारम्बार नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकिङ क्षेत्रका पदाधिकारीहलाई ध्यानाकर्षण गराउँदै आएको छ । पछिल्लो समयमा ब्याजदरमा भएको अत्यधिक बृद्धिले उद्योग÷व्यवसाय क्षेत्रमा लागत बृद्धि भई प्रतिष्पर्धात्मक क्षमतामा ह्रास आएको तथ्यबारे उद्योगी÷व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य संघमार्फत सरोकारवाला निकायलाई जानकारी गराउँदा समेत निजी क्षेत्रको माग सम्बोधन नभएकोमा पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट एकतर्फीरुपले ऋणको ब्याज बृद्धि गर्दा निजी क्षेत्रबाट निर्माणाधीन परियोजनाको लागत मात्र बढेको छैन, नयाँ लगानी पनि निरुत्साहित हुन पुगेको छ । अर्कोतर्फ ब्याजदर बृद्धिले आम नागरिकहरुको दैनिक जीवनमा थप व्यय भारको अवस्था पनि सृजना गरेको छ । एकतर्फी ब्याजदरमा भएको बृद्धिले उद्योगी÷व्यवसायीहरुले आफ्नो व्यवसायबाट हात धुनुपर्ने अवस्था सृजना हुनु व्यक्ति तथा अर्थतन्त्रको लागि गम्भीर चुनौति हो भन्ने नेपालको निजी क्षेत्रको ठम्याई रहेको छ ।

नेपाल सरकार र नेपाली जनताले बोकेको नारा संवृद्ध नेपाल सुखी नेपाली बनाउनका निम्ति पनि उद्यमशिलताको विकास हुनुपर्ने हुन्छ । तर, अहिलेको बैंक व्याजदरहरको आकार हेर्दा व्यवसाय गर्दा ५ देखि ७ प्रतिशत मुनाफा कमाउन पनि जोखिम हुने तर बैंकमा राख्दा वा व्याजमा लगाउँदा १२ प्रतिशतसम्म ब्याज दरमा बैंक वा अन्य वित्तीय संस्थाहरुले प्रदान गर्दै आइरहेको यथार्थताले उद्यमशिलताको अवघारणा नै मर्दै जाने एवं युवाहरुको विदेश पलायन क्रम जारी नै रहने हुँदा यो माग निजी क्षेत्रको मात्र नभई सरकारको एजेण्डासँग जोडिएको विषय पनि हो भन्ने व्यहोरा सम्बन्धित निकायहरुलाई स्मरण गराउन चाहन्छौं ।

अव्यवहारिक रुपले बढाइएको ब्जाजदरले लगानी संकुचित भई राज्यले लिएको ८ प्रतिशतको अािर्थक बृद्धि तथा थप ५ लाख रोजगारी सृजनाको लक्ष्यलाई पर धकेलेको यथार्थप्रति गम्भीर बन्न पोखरा उद्योग वाणिज्य संघ सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छ ।

पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा पोखरास्थित बस्तुगत संघ तथा व्यवसायीहरुको मिति २०७५ माघ २३ गते बुधबार भएको बृहत भेलाले बंैक तथा वित्तीय संस्थाहरुले एकतर्फी रुपले ब्याज दरमा गरेको बृद्धिप्रति घोर आपत्ति जनाउँदै तत्काल ब्जाजदर कम गर्न नेपाल सरकार, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंक समक्ष जोडदार माग गर्दछ । नेपालको निजी क्षेत्रले उठाएका यी जायज मागहरुको यही माघ मसान्तसम्म सम्बोधन नभए नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुसँग सहकार्य गर्दै चरणवद्ध आन्दोलनमा जाने व्यहोरा सरकारवाला निकायहरुलाई जानकारी गराउन चाहन्छौँ ।

दामु अधिकारी
अध्यक्ष

कमेन्टहरु
Loading...