मङ्सिर १५, काठमाडौं । उखुको मूल्य निर्धारणका लागि बसेको उखु उत्पादक किसान र चिनी उत्पादक कम्पनीहरूको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
शुक्रवार बसेको बैठकमा ठोस निर्णय हुन नसकेपछि किसानहरू चिन्तित बनेका छन् । दिनप्रतिदिन बढ्दो उत्पादन लागत अनुसार मूल्य वृद्धि गर्नुपर्ने मिलगेट उखु उत्पादक सङ्घका अध्यक्ष बेद बहादुर बुढाथोकीले बताए । विगतको तुलनामा किसानको खेतीमा लागत बढ्दै जानु र उद्योगीले चिनीको मूल्यमा वृद्धि गर्दै लगेकाले उखुको मूल्य पनि वृद्धि हुनुपर्ने भन्दै बुढाथोकीले किसानको लागतलाई उचित सम्बोधन गर्दै उद्योगपतिहरूले उखु कृषकलाई खेतिप्रति आकर्षित गर्नुपर्ने बताए ।
“किसानको लागतमूल्य, खेतको जोताई, रासायनिक मल, कटान, ढुवानीलगायतका सम्पूर्ण खर्च दोब्बर भइसकेको अवस्थामा उद्योगपतिहरूले उचित मूल्य दिन आनाकानी गर्न हुँदैन”, बुढाथोकीले भने ।
बैठकमा कार्तिक महीनादेखि फागुन महीनासम्म सम्पूर्ण उखु क्रसिङ गरिसक्नुपर्ने प्रस्ताव गरिएको छ । फागुन महीनापछि उखु क्रसिङ गर्दा उखुको रस सुकेर तौल कम हुँदै जाने, गर्मीले गर्दा कामदार नपाउने, आगलागी हुनेलगायतका समस्या देखिने भएकाले उद्योगहरू समयमा नै सञ्चालन हुनुपर्ने बुढाथोकीको भनाई छ ।
चिनी उत्पादक कम्पनीहरू भने चिनीको अन्तरराष्ट्रिय मूल्यमा गिरावट आएकाले किसानले माग गरेको मूल्य कुनै पनि हालतमा दिन नसकिने बताउदै आएका छन् । अर्को वार्ता मङ्सिर २७ गते पुनः बस्ने भएको छ ।
- किन गरिन मानुषी चिल्लरले सलमान खानलाइ अस्विकार , किन आमिरलाइ रोजिन ?
- पेट बढ्यो, नो प्रोब्लम एकै हप्ता मा हुनुस फिट
- तस्कर पक्रन चिलको प्रयोग , अहिले सम्म असफल नभएको
- कम्युनिष्ट शासन ‘राणाशासन भन्दापनि भयानक – देउवाले
- बेलायतमा ५ हजार ५ सय नर्सलाई अवसर
- राष्ट्रपतिदेखि प्रदेश प्रमुखसम्म कस कसको तलब कति ?
- प्याब्सन मिटमा ज्योती कुञ्जलाई जुनियर फुटबलको उपाधी
- विकास, संवृद्धि र समानताका लागि मेरो उम्मेदवारी – कोईराला
- कास्की क्षेत्र नम्बर २ बाम उमेद्वार
- आफूले चलाएको कार दुर्घटना हुँदा मृत्यु