प्याब्सन मिटमा ज्योती कुञ्जलाई जुनियर फुटबलको उपाधी

पोखरा, १६ मंसिर/निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्की द्वारा पोखरामा जारी १५ औं प्याब्सन मिट अन्र्तगत शुक्रबार सम्पन्न जुनियर फुटबलको उपाधी ज्योती कुञ्ज सेकेण्डरी स्कुलले हासिल गरेको छ । सम्पन्न फाइनल खेलमा ज्योती कुञ्जले स्नो भ्यु बोर्डिङलाई १–० गोल ले पारजित गरेको हो । ज्योती कुञ्जका लागि निर्णायक गोल सन्देश रोक्काले गरेका थिए ।

सोही प्रतियोगितामा रेन्वो एकेडेमिक होम्स तेश्रो भएको छ । बिजेता टिमका खेलाडीलाई जिल्ला शिक्षा कार्यालय कास्कीका उप जिशिअ दामोदर सुवेदी र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । जुनियर फुटबल तर्फ ४८ टिमको सहभागिता रहेको संयोजक खिम गुरुङले जानकारी दिए ।

यता शुक्रबार नै सम्पन्न सिनियर फुटबल तर्फको खेल बाट सोसियल पब्लिक, स्नो भ्यु बोर्डिङ, हिल पोइन्ट र नेपाल आदर्श सेमिफाइनलमा प्रवेश गरका छन । सेमिफाइनल प्रवेशका लागि सोसियलले शान्ति कुञ्जलाई २–० गोलले, स्नोभ्यूले ग्लोबल कलेजियटलाई १–० गोलले, हिल पोइन्टले शान्तिदिपलाई २–० गोलले र नेपाल आदर्शले तारा कुञ्जलाई ३–० गोल अन्तरले पराजित गरेका थिए । सेमिफाइनलमा सोसियल स्नोभ्यू संग र हिल पोइन्ट नेपाल आदर्श संग भिड्ने छन ।

यस्तै ट्रयाक एण्ड फिल्ड तर्फ छात्र लङ जम्पमा सुयोग भण्डारी (प्रगती बोर्डिङ) प्रथम, दिवेश थापा (नेपाल आदर्श) द्वितिय र बिनम सुनार (शान्तिदिप) तृतिय भएका छन । छात्रा हाई जम्प तर्फ प्रतिक्षा सुनार (गोल्डेन नेचर) प्रथम, अर्पणा थापा (टप्स) द्वितिय र रोशनी भुजेल (वेथानी बोर्डिङ) तृतिय भइन ।

यसै गरि छात्रा भलिबल तर्फ हिलपोइन्ट, डायमण्ड बोर्डिङ, टप्स बोर्डिङ र नेपाल आदर्श सेमिफाइनल प्रवेश गरेका छन । शुक्रबारनै सम्पन्न छात्र भलिबलमा गोल्डन नेचर, हिल पोइन्ट, रेन्वो एकेडेमिक, निलगिरी, डेफोडेल र हिमाञ्चल बोर्डिङ क्वाटर फाइनल प्रवेश गरेको आयोजकले जानकारी दिएको छ ।

शुक्रबार नै सम्पन्न छात्र सिंगल्स् टेबल टेनिस तर्फ विपिन कार्की (डायमण्ड बोर्डिङ) ले, र सागर तिमिला (सृजना वोर्डिङ) सेमिफाइनलमा प्रवेश गरेका छन । विपिनले कार्कीले डायमण्डका जिवन विक र सागर तिमिलाले सोसियल पव्लिकका सचिन गुरुङ्गलाई पराजित गरेका थिए । छात्रा सिंगल्स तर्फ टप्सका ममता डगौराले नोवल एकेडेमीकी पूर्णिमा गुरुङलाई हराउँदै फाइनलमा प्रवेश गरेकी छन ।

टेबल टेनिस छात्र डबल्स् तर्फ सृजनाका सागर तिमिला र अशोक भण्डारीको जोडीले लिटिल स्टेपका विवेक अधिकारी र प्रमिश नेपालको जोडीलाई सेमीफाइनल प्रवेश गरेका छन । यसै गरि छात्र डवल्स्मा नै स्टेप वाइ स्टेपका विविध गुरुङ र सुलभ केसीको जोडी, हिल पोइन्टका याम गुरुङ र विनय रिमालको जोडी, र मदरल्याण्डका विजय अधिकारी र अमन पौडेलको जोडीले आ–आफ्नो खेल जित्दै सेमीफाइनल प्रवेश गरेका छन ।

छात्रा डवल्स् तर्फ सिर्जना वोर्डिङकी कल्पना थापा र विन्दु चालिसेको जोडी, ज्योती कुञ्जकी आश्चर्य शर्मा र रोशनी थापाको जोडी सेमिफइनल प्रवेशका छन भने डायमण्डकी मोनिका गुरुङ र चन्दा गुरुङको जोडीले ग्लोबल कलेजियटकी युक्ति गुरुङ र सिमरन ढकालको जोडीलाई हराउँदै फाइनल प्रवेश गरेका छन । प्याब्सन मिट मंसिर १७ गते सम्म जारी रहने १५ औ प्याब्सन मिटका संयोजक एवम प्याब्सन कास्कीका बरिष्ठ उपाध्यक्ष षडानन्द गौतमले जानकारी दिए । प्याब्सन मिटमा ९० विद्यालयका ६ हजार विद्यार्थीहरुको सहभागिता रहेको छ ।

कमेन्टहरु
Loading...