विकास, संवृद्धि र समानताका लागि मेरो उम्मेदवारी – कोईराला

वि सं २०३५ सालमा गोर्खामा जन्मीएर बसाई सराईसँगै चितवनका स्थायी बासिन्दा वनेका दिपक कोईराला ‘रुपक’ विगत डेढ दसक देखी कास्कीलाई आफ्नो कर्मक्षेत्र वनाउदै आएका छन् । वाल्यकाल देखी नै अखिल र वाइसिएलको सक्रिय सदस्यका रुपमा दिपकले आफ्नो राजनीतिक यात्रालाई अघि बढाए । २०५४ सालदेखी तत्कालीन माओवादीको नेतृत्वमा सञ्चालित जनयुद्धको उनी पेशेवर कार्यकर्ता वने ।

२०५५ सालमा स्क्वायर्ड सह–कमाण्डर भएर २०५६ मा माओवादीको जनमुक्ति सेनामा सहभागी भए । त्यहा रहदा उनले सेक्सन कमाण्डर हुँदै २०५९ सालमा कम्पनि कमाण्डर, २०६० सालमा बटालियन सह–कमाण्डर, २०६१ सालमा बटालियन कमाण्डर हुँदै २०६२ सालमा जनसेनाको ब्रिगेड सह–कमाण्डर भएर काम गरेका कोइराला पार्टी जिम्मेवारीमा जिल्ला समिति सदस्य, उपब्यूरो सदस्य, क्षेत्रीय ब्यूरो सदस्य हुँदै २०७० सालमा तात्कालीन एकीकृत माओवादीको कास्की जिल्ला अध्यक्षमा निर्वाचित भए । हाल उनी माओवादी केन्द्रको कास्की जिल्ला सह–ईन्चार्जका रुपमा क्रियाशील छन् ।

युवाहरु माझ लोकप्रिय उनी प्रखर वक्ताका रुपमा पनि परिचित छन् । आन्दोलनका विभिन्न मोर्चा र जिम्मेवारी सम्हाल्दै समाज रुपान्तरणको उनको यात्रा अझसम्म निरन्तर छ । उनले जीवनका उकाली ओरालीहरुमा कहिल्यैपनी साम्यवादको अनन्त सपना देख्न छोडेनन् । तिनै साम्यवादी आदर्शका अभियान्ता, समाज परिवर्तनको आन्दोलनका अथक योद्धा, युवा जोस र जागँरले भरिएका दीपक कोइराला ‘रुपक’ अहिले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को साझा उम्मेद्वारका रुपमा कास्की जिल्ला क्षेत्र नं.–१ (क) मा मंसिर २१ मा हुन लागेको प्रदेश सभा सदस्यको दौडमा छन् । उनै कोईरालासँग गरिएको कुराकानीको सारसंक्षेप यहा प्रस्तुत गरिएको छ ।

तपाईको राजनीतिक यात्रा कहिले र कहाँवाट सुरु भयो ?

म गोर्खा जिल्लामा जन्मीएपनी म सानै छदा मेरो परिवार चितवन वसाई सराई ग¥यो । आधारभूत शिक्षाको सुरुवात पनी मेरो चितवनमा नै भयो । म मा कम्युनिष्ट राजनीति र विचारधारको प्रभाव वाल्यकालदेखि नै परेको थियो । कांग्रेसीहरु धनी हुन्छन्, कम्युनिष्टहरु गरिब हुन्छन् र गरिवजती कम्युनिष्ट वन्नुपर्छ भन्ने कुराको छाप ममा सानै देखी परेको थियो । यस अर्थमा पनि गरीब र धनी विचको विभेदको अन्त्य हुनुपर्छ भन्ने सोचले गर्दा म कम्युनिष्ट राजनितीप्रति आर्कर्षीत भएं । म पाँच कक्षामा पद्दै गर्दा पहिलो पटक अखिलको सदस्यता लिएको थिए । चितवनको विरेन्द्र बहुमुखि क्याम्पसमा मानविकि संकायमा प्रमाणपत्र पढ्दै गर्दा मेरो राजनितिक यात्रा सुरु भयो ।

जन्मथलो गोरखा र स्थायी ठेगाना चितवन भए पनि मैले राजनीतिक जीवनको पछिल्लो १८ वर्षलाई कास्कीमा समर्पित गरे । फौजी जीवनमा रहँदा होस् वा राजनीतिक नेताको जिम्मेवारीमा, म कास्कीमा क्रियाशील रहिरहे र अहिले पनि क्रियाशिल छु । दर्जनौं पटकका फौजी मोर्चाको नेतृत्व गर्दा म २०५७ सालको भोर्लेटार कार्वाहीमा घाइते पनि भएको छु । जीवनमा कैयौंपटक मृत्युको मूखमा पुगे र बालबाल बाँचेको पनि हुँ ।

खगराज र दिपकले भने ५ बर्ष भित्र कोही सुकुम्बासी हुन्न्
खगराज र दिपकले भने ५ बर्ष भित्र कोही सुकुम्बासी हुन्न्

तपाइको उम्मेदवारी किन र के को लागी ?

बाम गठबन्धनको घोषणा पत्रमा जारी भएका कुराहरको कार्यान्वयन गनुर्् हो र म प्रदेश सभाको सदस्य भएको कारणले र हामी पहिलो पटक देशलाई संघियतामा लैजादै छौं त्यस अर्थमा पनि संघियताको कार्यन्वयनलाई जोड दिनु हो । संबिधानले निदृष्ट गरेका उपलब्धीहरुको रक्षा गर्दै समाजबादको स्थापनाका लागि अघि बढ्नु हो ।

संघियताको स्थापना र त्यसलाई व्यवस्थित गर्नु मूख्य कुरा हो । जस्तो कतिपय कुराहरु संविधान सभाले निदृष्ट गरेका र प्रदेश सभाले बनाउनुपर्ने कतिपय कामहरु बाँकी नै छन् । किन कि हामी पहिलो पटक संघियतामा जाँदै छौं । प्रदेश सभालाई व्यवस्थित गर्ने प्रदेशमा आवश्यक पर्ने कानुनहरु निमार्ण गर्ने एउटा कुरा भयो, आर्थिक सम्वृद्धिलाई कसरी अगाडि बढाउने भन्ने सवालमा मेरो ध्यान केन्द्रित रहने छ ।

अर्को अर्थमा कास्की जिल्लामा म बाम गठबन्धनकै कान्छो उम्मेदवार र उर्जाशिल समयमा उम्मेद्धार भएको कारणले देशको उर्वर शक्तिलाई विदेश पलाएन हुनबाट रोक्नु, कृषि, स्वास्थ्य, पर्यटन र खेलकुदको विकासलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नु नै मेरो उम्मेदवारीको मूख्य उद्देश्य हो । मेरो चुनावी क्षेत्र पर्यटकीय र उर्वर कृषि भूमि भएकोले यी पक्षको विकासमा पनि मेरो ध्यान केन्द्रित रहने छ ।

तपाईले चुनाव जित्ने आधारहरु के के हुन ?

कास्की जिल्ला कम्युनिष्ट आन्दोलनको उर्वर भूमी पनि हो । देशकै पर्यटकीय नगरी र राजनीतिक जागरणको केन्द्रबाट मैले आफ्नो उम्मेदवारी दिएको छु । यसपटक माओवादी केन्द्र र एमालेबीच वाम गठवन्धन भएको छ । चुनाव पछि दुई पार्टी एक हुने गरी भएको गठबन्धनले मेरो विजयलाई सुनिश्चित गराएको छ ।

बामपन्थीहरुको एकताले परिस्थिति फेरिएको छ, राजनीतिमा नयाँ आशाको किरण छाएको छ । हिजो हामी गणतन्त्र, संघीयताका निम्ति लड्यौं । अहिले हाम्रो मोर्चा फेरिएको छ । देशको विकास र समृद्धिकोे मोर्चा जित्ने गरी लागेको छु । मैले यस अघि क्रिकेट संघ ऋब्ल् को कार्यवाहक अध्यक्ष र क्षेत्रिय खेलकुद विकास समितिको अध्यक्ष हुँदा कास्कीमा रहेर खेलकुदको क्षेत्रमा पनी उल्लेख्य काम गरेको छु । त्यसैले पनी आम जनताले मलाई जिताउने छन् ।

विपक्षीहरुले तपाईलाई वाहिरबाट आयातित उम्मेदवारको आरोप लगाएका छन् नी ?

को कहाँ जन्म्यो भन्ने कुराले खासै अर्थ र महत्व राख्दैन भन्ने मलाई लाग्छ । परिवर्तनका लागी भएको आन्दोलन, क्रान्ती र पार्टीले लिएको नीति तथा विचार नै प्रमुख कुरा हो । पार्टी र क्रान्तीका लागी मैले खेलेको भूमीकाको सम्मान गर्दै पार्टीले मलाई यस क्षेत्रको उम्मेदवारी वनाएको हो । म एक नं क्षेत्रको वासिन्दा हुँ, मैले यही घरजम गरेर वसेको छु । खाली क्षेत्र मात्र फरक हो । आफ्नो प्रदेशको मतदाता नभईकन प्रदेशको उम्मेदवार हुँनै पाईदैन । अनि कसरी आयातीत भन्न मिल्छ ।

योजना केके लिएर चुनाबमा जानु भएको छ ?

मसँग विकासको प्रष्ट मार्गचित्र छ । हामीसँग आफ्नो क्षेत्र र समग्र कास्कीकै २० वर्षे गुरुयोजना छ । स्थानीय साधन स्रोत के छ ? त्यसको लेखाजोखा गरेको छु । यसकै आधारमा म भौतिक पूर्वाधार, सात तालको संरक्षण गर्दै त्यसवाट रोजगारी सिर्जना, वेरोजगारीको अन्त्य, जनताको जीवनस्तर अभिवृद्धिको काम गर्ने छु । कास्की जिल्लालाई पर्यटन, खेलकूद र जलविद्युतको हब बनाउँछु । पर्यटकीय आकर्षणका लागि चीडियाखाना, भ्यू टावर, होमस्टे लगायतका पूर्वाधार निर्माणको काम व्यवस्थित गर्नेछु । सुकुम्बासीहरुको व्यवस्थापन, खेल क्षेत्रको विकासका कार्यक्रमहरु नै मेरा प्राथमिकता हुनेछन् ।

अहिलेको वाम गठवन्धन निर्वाचन पछि पार्टी एक हुनेमा तपाई कत्तिको विश्वस्त हुनुहुन्छ ?

बाम गठबन्धनलाई सम्पूर्ण नेपाली जनताहरुले एउटा सकरात्मक कदमको रुपमा लिनुपर्दछ र लिएका पनि छन् । यो एउटा धेरै पहिलेदेखिको राष्ट्रको आवश्यक्ता थियो जुन अहिले हुन गइरेको छ । समानता र अधिकार सहितको समाज निर्माणका लागी विकास र समृद्धि सहितको समाजवादको निर्माणका लागि पनि बाम शक्तिहरुको एकता अनिवार्य शर्तको रुपमा देखा परेको छ । निर्वाचन पछि दुई पार्टी एमाले र माओवादी केन्द्र एउटै पार्टी वन्ने गरी निर्वाचनमा वाम गठवन्धन भएको हो । यस्मा शंका गर्ने कुनै ठाउ छैन ।

तपाईले यस अघि समाजवाद निर्माणको कुरा उठाउनु भयो, तपाईहरुले परिकल्पना गरेको समाजवाद कस्तो हो ? 

न्याय / समानता, विकास र समृद्धि, अधिकार सहितको समाजबादको हामीले अपेक्षा गरेका छौं । विदेशमा पलायन भएका युवालाई आफ्नै देशभित्र काम गर्ने बातावरण सहितको कार्यक्रम तथा योजनाको निर्माण, व्यवसायीक क्रान्ती आधुनिक तथा कृषी क्रान्ती मा जोद दिदै देशलाई आत्मनिर्भर बनाउने तर्फ केन्द्रि रहनु, देश भित्र भएका स्रोत र साधनको सही परिचालन गरी एक सम्मून्नत र समानतामूलक राष्ट्रको रुपमा विकास गर्ने हाम्रो समाजवादको मुल पक्ष हो । अर्को अर्थमा कोहि पनि रोग र भोकबाट प्रताडित हुन नपरोस् । सबैलाई शिक्षाको अवसर प्राप्त होस् र समानतामुलक समाजको निर्माण नै हामीले कल्पना गरेको समाजवाद हो ।

अन्त्यमा केही भन्नुहुन्छ कि ?
बाम गठबन्धनको तर्फबाट उम्मेदवार भएको छु । हामीले घोषणापत्रमा उल्लेख गरेका अल्पकालिन, मध्यकालीन तथा दिर्घकालीन कार्यक्रम तथा योजनालाई हेरिदिनुहोस र संविधानमा हामीले समाजवादको स्थापनामा जोड दिएका छांै । विकास र संवृद्धि, समानता र अधिकार सहितको समाजवादको स्थापना यहाँहरुको एक भोटले अति नै महत्वपूर्ण भूमिका खेल्दछ । यस अवस्थामा म लगायत बामगठबन्धनका उम्मेदवारहरुलाई भोट दिएर विजयी गराई दिनुहुन यहाँहरु सम्पूर्णमा विनम्र अनुरोध गर्दछु ।

कमेन्टहरु
Loading...