पोखरा महोत्सवमा दिपक बज्रचार्यको कन्सर्ट

पोखरा, ६ माघ/ माघको दिउँसोमा पारिलो घाम । साँझपख चिसो सिरेटोले मुटु नै ठिहिर्याउने । घाम र चिसोको संगमले पोखराको मौसम निकै रमणीय छ । साँझपखको चिसो सिरेटोले ज्यान ठण्डी बनाएपनि सागितीक माहोलले गर्मायो ।

साँझ स्टेजमा दिपक बज्रचार्यले गाँउदै थिए । उनको गीत सुन्न पारखीहरुको भीडले पनि अमरसिंह चौर भरिएको थियो । पोखरेली आफैंमा संगीत प्रेमी त्यसमा पनि दिपक बज्रचार्यको मौलिक शैलीको गीतमा रमाउने अवसर गुमाउने चाहना भने कमैले मात्रे गरे ।

माघको महिना, बिहेको सिजन । माया र पिरतीको कुरा भईनै हाल्छ । त्यही भएर होला उनले पनि त्यही गीत गाईदिए ।
फर्केर आउने छैन् ।
म कुनै ऋतु होईन, मेरो आश नगर । बित्ला है तिम्रो जिन्दगी

माया र पिरतीलाई उनले ऋतुसँग जोडे । ऋतु वर्षेनी फर्किन्छ । तर माया फर्किने सम्भावना उनले देख्दैन् । विछोड र पीडादायी गीतले युवापुस्ताको माया प्रेमलाई एकपटक झस्काईदियो । मायामा धोका खानु निकै पीडा हुन्छ । सायद त्यही भएर उनले पनि गीत मार्फत आफनो सांगितीक कार्यक्रमलाई अगाडि बढाए । मायालाई जोड्दै फेरी उनले अर्को गीत गाईदिए ।

ओ अमिरा ।

मायालाई सम्झिएर अर्को गीतले माहौललाई परिवर्तन गराईदिए । विछोडको गीतले बिजेको काडाँलाई हटाउन उनले अमिरालाई सम्झिए । उनले स्टेजबाट निरन्तर गीत गाईरहदाँ कतिपय माया प्रेमका जोडीले पनि मन प्रफुल्लित हुदैं स्वरमा स्वर मिलाउँदै गाए । चिसो सिरेटोलाई शरीर भित्र पस्नै दिएनन् । त्यसपछि फेरी उनले मायाप्रेमकै गीतलाई प्राथमिकता राख्दै गाए–

काली काली हिस्सी परेकी
हेरौं न कस्तो आखाँ तरेकी

आफुलाई मन परेकीलाई आखाँ तरिन्न् । तर गीतले आखाँ तरे पनि मायालु नजरले निकै मोहित बनाउँछ । कर्के नजरको रुपमा लिईन्छ । आखाँ तरेपनि आफ्नै तर्दा राम्रो हुने उनको गीतको आभाष थियो । गीतले भने झैं युवापुस्ता पनि मनपरेकी मायालुलाई काली भनेर जिस्क्याउने पनि थुप्र्रै थिए ।

युनाईटेड क्लबले आयोजना गरेको नवौं पोखरा महोत्सवमा बिहीबार साँझ बज्रचार्यले उनले आफनो सांगितीक महोल जमाईरहेका थिए । हरेक गीतमा युवापुस्ताको उफ्रयाईले उनलाई गीत गाउँन अझ प्रेरित गर्दा आयोजक पनि दर्शकको उल्लेखय उपस्थितिले मनमा लड्डु फुटालेका थिए ।

मायाको डोरीले
निष्ठुरी मोरीलाई बाँधी आज नाच्न गाउन मन लाग्यो

माया पिरती विनाको जीवन सायदै पुरा होला । एक्लो जीवन व्यतित गर्नुको पीडा उस्तै हुन्छ । त्यो केवल भोग्नेलाई मात्रै थाहा हुन्छ । तर बज्रचार्यले मायाको डोरीले नबाँधीकन जीवन सार्थकता पाउँदैन् । गीतको आभाष त्यही थियो । माया पक्कै निष्ठुरी हुदैन् । तर मनभित्रै सजाईएकी निष्ठुरलाई मायालाई बाँध्न सकिए भने जीवन सार्थकता पनि रहदैन् । अर्थात निष्ठुरी मोरीलाई मायाको डोरीले बाँध्न सकिएन भने जीवन नै अधुरो हुन्छ । जीवनको पूर्णताको लागि मायाको डोरी पक्कै चाहिन्छ ।

मनलाई मगन बनाउन सकिएन भने आनन्द हुदैन् । मनलाई चंगा बनाउन गीत संगीत नै चाहिन्छ । संगीत विना जीवन पनि अधुरो र अपुरो हुन्छ । त्यही भएर उनले अन्तिममा आफनो बहुचर्चित गीत मन मगनलाई पनि स्टेजबाटै दर्शक समक्ष प्रस्तुत गर्दै आफनो दुई घण्टाको समयलाई विताए ।

दिनभरी लोकदोहोरी र विभिन्न कलाकारको सांगितीक माहौल जमिरहँदा साँझपख भने लाईभ व्याण्डको प्रस्तुतीले युवापुस्तालाई आकर्षित बनाएको थियो । खुल्ला चौरमा चलिरहेको पोखरा महोत्सवको साँझलाई जमाउने जिम्मेवारी पनि बज्रचार्यकै काँधमा थियो ।

बज्रचार्यको गीत केवल मनोरन्जनात्मक मात्रै नभई साँस्कृतिक संरक्षण प्रेरित समेत थियो । उनी भन्दा अघि प्रत्येक दिन महोत्सवको स्टेजमा द एक्स व्याण्ड, लगायत विभिन्न सांगितीक व्याण्डले कार्यक्रम प्रस्तुत गरेका थिए । लोकगायिका कोमल वली, जनवादी गायक जीवन शर्मा, ज्योति मगर लगायतका कलाकारहरुले स्टेज शेयर गरिसकेका छन् ।

 

कमेन्टहरु
Loading...