स्टार स्टुडियोको वार्षिकोत्सवमा ‘कला’ प्रतियोगिता

पोखरा, २ असोज / स्टार स्टुडियो, पोखराले संस्थाको दोस्रो वार्षिकोत्वको अवसरमा विभिन्न प्रतियोगिता गरी

मनाउने भएको छ । संस्थाले असोज ६ र ७ गते चित्रकला, कविता तथा ३० वर्षभन्दा माथिका उमेर समूहका

महिलापुरुष बीच नृत्य प्रतियोगिता गर्ने स्टुडियो की प्रबन्ध निर्देशक जशु गुरुङले जानकारी दिइन् ।

‘संस्थाको वार्षिक पहिलो वर्ष पनि फरक ढंगले मनायौं, यसपाली पनि कला र साहित्यलाई जोड्दै संस्कृति

संरक्षणमा लागेका छौं,’ गुरुङले भनिन्, ‘प्रतियोगितामा स्कुल स्तरदेखि ३० वर्ष उमेर कटेका सबै समूहलाई

समेट्न खोजेका छौं ।’ चित्रकला प्रतियोगिता विद्यालय स्तरका विद्यार्थीबीच, खुल्ला कविता प्रतियोगिता र ३० वर्ष

उमेरभन्दा माथिका महिलापुरुषबीच नृत्य प्रतियोगिता हुने उनले जनाइन् ।

३० वर्षभन्दा माथिका महिला नृत्य प्रतियोगिता असोज ७ गते सभागृह हलमा हुने स्टुडियोले जानकारी दिएको छ ।

जसमा प्रथम, द्वितीय र तृतीयले क्रमशः ३० हजार रुपैयाँ, २० हजार रुपैयाँ र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सान्त्वनालाई ५ हजार रुपैयाँका दरले प्रदान गरिने गुरुङले बताइन् ।

कला र संस्कृति थिममा नृत्यमात्रै नभएर चित्रकला र कविता प्रतियोगिता पनि सोही थिममा प्रतियोगिता हुने

स्टुडियोले जनाएको छ । ‘नेपाली मौलिक नृत्य र त्यसले समाजमा पारेको सकारात्मक प्रभाव’ विषयमा नै कविता

तथा चित्र प्रतियोगिता हुनेछ,’ निर्देशक गुरुङले भनिन् । पोखरामा कला र संस्कृतिलाई सँगसँगै लैजान नृत्य,

चित्रकला र कविता प्रतियोगिता एकैचोटी गर्न लागेको उनले सुनाइन् ।

असोज ६ गते हिमालयन रिडर्स कर्नरमा हुने खुल्ला कविता तथा चित्रकला प्रतियोगिता हुनेछ । कविता

प्रतियोगितामा प्रथमले १० हजार रुपैयाँ, द्वितीयले ७ हजार रुपैयाँ र तुतीयले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

सान्त्वना पुरस्कार २ जनाले १५ सय रुपैयाँका दरले प्राप्त गर्नेछन् । प्रतियोगितामा जुनसुकै उमेर समूहले भाग लिन

पाउनेछन् ।

विद्यालय स्तरिय चित्रकला प्रतियोगितामा प्रथम हुनेले ७ हजार रुपैयाँ, द्वितीयले ५ हजार रुपैयाँ, तृतीयले ३ हजार

रुपैयाँ र सान्त्वना २ जनाले १ हजार जित्ने स्टुडियोकी निर्देशक गुरुङले जनाइन् । ‘असोज ६ गते भएका

प्रतियोगिताको पुरस्कार वितरण सभागृहमा विशेष समारोहबीच प्रदान गरिनेछ,’ उनले भनिन्, ‘प्रतियोगितामा

निजी तथा सरकारी दुबै विद्यालयमा विद्यार्थीले भाग लिन पाउँछन् ।’

स्टार स्टुडियोले पोखरामा लोक नृत्यका साथै फिल्म तथा म्युजिक भिडियो निर्माण गरिरहेको छ । पछिलो समय

स्टारस्टुडियोको ब्यानरमा गुरुङ भाषाको फिल्म ‘म्ले क्यू’ फिल्म निर्माण भइरहेको छ । स्टुडियोले मौलिक

भेषभुषालाई जोड दिँदै नृत्य सिकाउनुका साथै दर्जनभन्दा बढि म्युजिक भिडियो पनि बनाइसकेको छ,’ उनले

भनिन् ।

कमेन्टहरु
Loading...