अन्नपूर्ण पोष्ट इन्टरनेशनल कर्पोरेट ब्याटमिन्टन बुधबार देखी

पोखरा, २२ जेठ/अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा बुधवार देखिपोखरामा ४ नम्बर प्रदेशस्तीय अन्नपूर्ण पोष्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता बुधवार देखि सुरु हुदै छ । पोखरा रंगशालास्थित ब्याटमिन्टन हलमा हुने प्रतियोगितामाप्रदेश नम्बर ४ का ६९ जना खेलाडीको सहभागीता रहने छ ।

प्रतियोगितामा यु १९ गल्स तर्फ ६ जना, यु १९ब्वाइज सिंगलमा ७ जना खेलाडीको सहभागीता रहने अन्पूर्ण मिडिया नेटवर्क पोखराका पश्चिमाञ्चल क्षेत्रीय इन्र्चाज शिबहरि देवकोटाले बताए । यस्तै गरी महिला सिंगलमा ४ जना, मिक्स डबल ४ टीम, पुरुष डबल्समा १६ टीम र पुरुष सिंगलमा १२ जना खेलाडीको सहभागीता रहने छन् ।

जेठ २३ देखि तीन दिन सम्म हुने प्रदेश स्तरीय प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने खेलाडीहरुलाई पुरस्कार स्वरुप मेडल र प्रमाण पत्र दिइने छ । प्रदेश स्तरीय प्रतियोगितामा प्रथम र द्धितिय हुने खेलाडीले काठमाण्डौंमा हुने अन्तिम चरणको खुल्ला तर्फको अन्नपूर्ण पोष्ट इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता २०१८ खुल्ला तर्फ निःशुल्क भाग लिन पाउने छन् । कर्पोरेट तर्फको प्रतियोगिताम भने भाग लिन पाउँने छैनन् ।

प्रतियोगिता कास्की जिल्ला ब्याडमिन्टन संघ र आयोजक अन्नपूर्ण मिडिया नेटर्वकका प्रतिनिधि दुबैको समन्वयमा संचालन हुने छ । अन्तिम चराणको काठमाण्डौंमा हुने प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको सहयोग र समन्वयमा संचालन गरिने छ । प्रदेश नम्बर ४ मा हुने प्रतियोगिता ६ विधामा खेल खेलाइने प्रतियोगिताका मुख्य रेफ्री निराजन रिमालले बताए । प्रतियोगिता प्लाष्टिक कर्क बाट खेलाइने पनि उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...