काठमाडौं, २१ वैशाख/सिन्डीकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात ब्यावसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । निर्देशन पछि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षा निकायलाई निर्देशन दिएको छ।
हड्तालका कारण आम नागरिकलाई मर्का परेको भन्दै गृह मन्त्रालयले यातायात नचलाउने ब्यवसायीलाई पक्राउ गरी अत्याश्यक ऐन २०१४ अनुसार कारबाही गर्न गृहमन्त्री रामबहादुर थापाले ७७ जिल्लाका सिडिओलाई निर्देशन दिएका हुन्।
गृह मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री थापाले बन्द गर्ने ब्यवसायी र समितिको सम्पत्तिसमेत छानबिन गरी आवश्यक अनुसन्धान अघि बढाउन सबै जिल्ला समन्वय समितिलाई निर्देशन दिएका हुन्।
निर्देशन पछि व्यवसायीहरु प्रक्राउ पर्ने थालेका छन् । निर्देशन पछि पश्चिम नेपाल बस व्यासायी समितिका उपाध्यक्ष जिवन कुमार बन्जाडे प्रक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।