विषादी न्यूनिकरणका लागि साङगितीक कार्यक्रमको तयारी

हेमजा, ८ माघ/पोखरा–२५, हेमजा स्थित जागरण अभियान नेपालले यहि माघ २७ गते विषादी न्यूनिकरणका लागि संचेतना फैलाउने उद्देश्यका साथ पोखरामा बृतचित्र प्रर्दशन, साङगितीक तथा सास्कृतिक साँझ गर्ने भएको छ ।

संस्थाले शनिवार पोखरामा पत्रकार सम्मेलन गरी सो बारे जानकारी दिएको हो । पोखरा सभागृहमा सारेगम इन्टरनेशनल हाउसको व्यवस्थापन तथा रोट्रयाक क्लव अफ हेमजाको विशेष सहयोगमा उक्त कार्यक्रम गरिने बताइएको छ ।

कार्यक्रमको महत्वमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष मोतिराज तिम्सिनाले गीत संगित र मनोरञ्जनका माध्ययमबाट विषादीको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पार्ने असरबारे आम जनतालाई जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको बताए ।उनले हिजोआज जथाभावि विषादी प्रयोग बढेको ठहर गर्दै जसका कारण पर्यावरण र मानव स्वास्थ्यमा प्रतिकुल असुर पर्दै गएको पनि जनाए ।

छिटो उत्पादन लिने नाममा विषादीको बढ्दो प्रयोगले उपभोक्ता र किसान प्रत्यक्ष रुपमा प्रभावित भएको जिकीर गर्दै तिम्सिनाले विषादीको प्रयोगका बारेमा आम सर्वसाधरणमा समयमै सचेतता ल्याउन जरुरी भएको औल्याएका थिए । विषादी प्रयोगलाई गम्भिर रुपमा नलिए निकट भविष्यमै ठुलो खतरा हुन सक्ने उनको दावी थियो ।

उक्त कार्यक्रममा कलाकारहरु यस कुमार, जितु नेपाल(मुन्द्रे), केदार घिमिरे(माग्ने बुढा) लगायतको प्रस्तुती रहने जनाइएको छ ।कार्यक्रम सम्पन्न गर्न करिव रु.पाँच लाख ४० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।जागरण अभियान नेपालका अध्यक्ष मोतिराज तिम्सिनाको अध्यक्षतामा संचालित उक्त कार्यक्रमकोे संचालन संस्थाका प्रथम उपाध्यक्ष विनोदप्रसाद त्रिपाठीले गरेका थिए ।

कमेन्टहरु
Loading...