पोखरा, ७ माघ/बैदाम तामाङ्ग सेवा समाजले आयोजना गरेको पाँचौँ मिस तामाङको उपाधि रामेछापकी कविता तामाङले जित्न भएकी छिन् । २८५४ औं सोनाम ल्होसारको अवसरमा शनिबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालीमा १५ जना प्रतिष्पर्धीलाई पछि तामाङले उपाधि जित्न सफल भएकी हुन् । उनले उपाधि सहित नगद ३० हजारको साथमा क्राउन, ट्रफी प्राप्त गरेकी छिन् । कविताले मिस ट्यालेण्टको सबटाईटल पनि जित्न सफल भईन् ।
त्यसैगरि फष्ट रनरअप काठमाण्डौँ स्वयम्भुकी सुस्मिता गोले तामाङ बन्न सफल भएकी छिन् भने सेकेण्ड रनरअप लेकसाईडकी अमिता लामा भईन् । उनीहरु दुवैले क्रमशः नगद २० हजार र १५ हजारको साथमा क्राउन र ट्रफी प्राप्त गरे । सुस्मिताले फष्ट रनरअपको उपाधि सहित पब्लिक च्वईस र कन्फिडेण्टको सबटाईटल पनि प्राप्त गरिन भने अमिताले सेकेण्ड रनरअप सहित फोटो जेनिकको सबटाईटल प्राप्त गरिन् । प्रतियोगितामा भियोर च्वईसको उपाधि लालीगुराँसटोलकी सोनी तामाङ्गले प्राप्त गरिन् । उनले नगद १० हजार सहित क्राउन र ट्रफी प्राप्त गरिन् । साथै उनले ब्यूटी विथ प्रपोज सबटाईटल पनि प्राप्त गरिन् ।
मालेपाटनकी निलम तामाङ मिस कल्चर, काठमाण्डौँ बालाजुकी मोनिका तामाङ मिस फ्रेण्डली, नयाँबजारकी ओमिशा घिसिङ मिस बेष्ट स्किन, याम्दीकी लक्ष्मी गोम्जा तामाङ वेष्ट हेयर, रत्नचोककी शसी तामाङ्ग मिस ब्यूटीफूल, मालेपाटनकी बिष्णु मोक्तान मिस डिसिप्लिन, सिम्पानीकी सोनाम बम्जन वेष्ट स्माईल, फुलबारीकी सुस्मिता तामाङ्ग बेष्ट वाक, लालीगुराँसटोलकी पनिता तामाङ मिस अर्गनाइजर च्वईस, लेकसाइड इशिका तामाङ बेष्ट पर्सनालिटी, मालेपाटनकी सेलिना मोक्तानले बेष्ट पर्फमरको सबटाईटल प्राप्त गरे ।
युवा पिंढीलाई तामाङ्ग संस्कृति र संस्कार बारे जानकारी दिनुका साथै तामाङ्ग समुदायका युवतीहरुको ब्यक्तित्व र नेतृत्व क्षमता अभिबृद्धिका लागि प्रतियोगिता आयोजना गरिएको बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए । प्रतियोगितामा पोखरा, काठमाण्डौं तथा देशका बिभिन्न भागबाट तामाङ्ग समुदायका १५ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।
उक्त अवसरमा बैदाम तामाङ्ग सेवा समाजलाई लामो समयदेखि सहयोग गर्दै आएका तथा तामा जाती संस्कार संस्कृतिको संरक्षणमा योगदान गरेवापत नेपाल तामाङ घेदुङ प्रदेश नं. ४ का अध्यक्ष दिपक वाईवालाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल तामाङ घेदुङ संघका केन्द्रिय अध्यक्ष मोहन गोलेले तामाङको जाति संस्कृति संरक्षणको लागि युवापिढी लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा गायक अभिनाश घिसिङ्ग सोनिका लामा के.सीको प्रस्तुतीका साथै तामाङ्ग सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रमको उद्देश्य पोखराको लेकसाईडमा निर्माणाधिन रिन्छिन तोर्जेत शान्ति गुम्बालाई सहयोग गर्ने रहेको छ । बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जयन्ती मोक्तानले तथा सञ्चालन समाज सचिव डोल्मा लामा, राम लामा र सञ्चारकर्मी सोनिया लामाले गरेका थिए ।