बुगीवुगीमा तीन हजार प्रतिस्पर्धी

पोखरा, ११ मंसिर /एपी वान टेलिभिजन ल्याएको अन्तराष्ट्रिय फ्रेन्चाइज डान्स रियालिटी सो बुगीवुगीको अनलाइन अडिसनमा तीन हजार प्रतिस्पर्धी सहभागी भएका छन् ।

आफुले गरेको नृत्यको भिडियो खिचेर अनलाइनमार्फत पठाएका सहभागीहरुको छनौट कार्य सुरु भएको बुगीवुगीका निर्देशक एलिन श्रेष्ठले बताए । अभिनेत्री प्रिंका कार्की, अभिनेता दिलिप रायमाझी र नृत्यनिर्देशक कविराज गहतराजको निर्णायक टोलीले सहभागीमध्येबाट पहिलो चरणमा उत्कृष्ट ५० छनौट गर्नेछन् ।

दोस्रो चरणमा उत्कृष्ट १८ छानिएपछि त्यसको प्रसारण एपि वान टेलिभिजनबाट हुने निर्देशक श्रेष्ठले जानकारी दिए । चर्चित भारतीइ रियालिटी सो बुगीवगीको नेपाली संस्करणका रुपमा सुरु भएको प्रतियोगिताका विजेताले नगद १५ लाख र कार उपहार पाउने छन् ।

कमेन्टहरु
Loading...