पोखरेली कलाकार रोजी अभिनित चलचित्र पटुकिको शिर्ष गीत सार्वजनिक (भिडियो सहित)

पोखरा, ८ मंसिर /पुष २१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पटुकी’को शिर्ष गीत सार्वजनिक भएको छ । लोक फ्लेवरको ‘पटुकी – पटुकी गीतमा राजनराज सिवाकोटीको स्वर र संगीत छ ।

गायिका अन्जु पन्तले राजनलाई गायकीमा साथ दिएकी छिन् । म्याक्तेन कालुको यसमा शब्द छ । पछिल्लो समय गीतसंगीतका कारण पनि फिल्मको व्यापार आक्रामक देखिएको अवस्थामा ’पटुकी’लाई पनि यो गीत दर्शक तान्ने फर्मुला बन्ने पक्का छ ।

यो फिल्मलाई राम नेपालले निर्देशन गरेका हुन् । फिल्ममा पोखरेली सञ्चारकर्मी एवं कलाकार रोजी श्रेष्ठ, रजनी केसी, जेम्स विसी, निर्माता म्याक्टेन कालु, दिपक कँडेल, हरि गुरुङ लगायतका कलाकारहरुको अभिनय छ । स्क्रिप्ट समेत आफैं लेखेका निर्माता तथा कलाकार कालुले ‘पटुकी’ को कथाले सम्पूर्ण नारीलाई बाँध्ने बताए । ‘पटुकी’मा लक्ष्मण घिमिरेको
छायांकन रहेको छ ।

कमेन्टहरु
Loading...