पोखरामा आइटिएफ सर्किट टु टेनिस शुरु

पोखरा, २ असोज /कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा सोमबारदेखि एनआइसी एसिया बैंक नेपाल आइटिएफ सिनियर च्याम्पियनशिप ‘सर्किट टु’ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता अन्र्तगत सोमबार भएको ३५ वर्ष माथिको एकलमा भारतका कमलेश शुक्लाले विजयी शुरुवात गरे ।

यसअघि सर्किट वानमा नेपालका कमल भण्डारीसंग फाइनल खेलेका शुक्लाले पोखरेली खेलाडी नविन चालिसेलाई ६–०, ६–१ को सहज सेटमा पराजित गरे । सर्किट वानमा शुक्लाले आफ्नों पहिलो खेलमा पनि नविन चलिसेलाईनै सोही नतिजामा पराजित गरेका थिए ।

३५ वर्ष माथिकै अन्य प्रतिस्पर्धामा सम्दुक लामाले रघु विजय कुमारलाई ६–२, ६–० मा पराजित गरे भने पोखराका गोपीबहादुर भट्टराईले वाकओभर दिएपछि भारतका रन्जित चौधरीले पनि जित हाँसिल गर्दै दोश्रो चरणमा प्रवेश गरे ।
४५ वर्ष माथिको खेलहरुमा भारतका नारायण मर्थीले पोखराका विकाश गुरुङ्गलाई ६–३, ६–० ले, पोखराका इन्द्रबहादुर गुरुङ्गले पोखराकै राजेन्द्र प्रसाद घिमिरेलाई ६–४, ३–६ र ६–० को प्रतिस्पर्धात्मक सेटमा पराजित गरे भने धरमबहादुर लामिछानेले अशोक सिंहलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरे ।

त्यसैगरि अनुज बाँस्तोलाले धरमराज कोइरालाई ६–२, ६–० मा, नारायण पहारीले पदमबहादुर गुरुङ्गलाई ६–१, ६–२ मा, विनोद कायस्तले लोकबहादुर गुरुङ्गलाई ६–२, ६–१ मा पराजित गर्दै पहिलो चरण पार गरे ।

५५ वर्ष माथि एकलतर्फको खेलहरुमा भारतका राकेश कोहलीले नेपालका बसन्त प्रधानलाई ६–३, ६–१ मा, भारतका एनएस नेगीलाई नेपालका मनोज शम्शेर राणाले ६–१, ६–२ मा, भातका पुनित कुमार गुप्ताले भारतकै अमरजित सिंङ्ग चड्डलाई ६–१, ६–१ म तथा भारतकै नरेश खत्रिले पोखराका शान्तालाल श्रेष्ठलाई ६–३, ६–१ म पराजित गर्दै प्रतियोगिताको दोश्रो चरणमा स्थान बनाएका छन् । सर्किट टु मा नेपाल र भारतका गरि ६३ खेलाडीहरुले सहभागिता जनाएको आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले जनाकारी दिए ।

कमेन्टहरु
Loading...