पोखरा, २३ भदौ /गायन सम्बन्धी रियालिटी टेलिभिजन शो नेपाल आइडलबाट सागर आले आउट भएका छन् । एपिवान टेलिभिजनले सञ्चालन गरेको कार्यक्रममा अघिल्लो बिहीबार प्रसारीत कार्यक्रम पछि गरिएको भोटको आधारमा उनी बाहिरीएका हुन् ।
दर्शकको कम भोट र्आए पछि उनी बाहिरिएको घोषणा शुक्रबार प्रशारित कार्यक्रममा गरेको छ । सागर बाहिरिएसँगै अब नेपाल आइडलमा बुद्ध लामा, निशान भट्टराई र प्रताप दास बाँकी रहेका छन्। नेपाल आइडलका लागि टप थ्रीबीच ग्रान्ड फिनाले हुनेछ र पहिलो नेपाल आइडलको उपाधि तीन मध्ये एकले पाउने छन्।
पहिलो नेपाल आइडललाई मात्रै पुरस्कारको व्यवस्था गरे पनि दोस्रो र तेस्रो हुनेलाई समेत पुरस्कारको घोषणा गरेको छ । पहिलो हुनेले ३५ लाख पर्ने गाडी, नगद २० लाख र १५ लाखको एल्बम पाउने छ । दोस्रो हुनेले नगद १५ लाख र तेस्रो हुनेलाई १० लाख दिने भएको छ ।