बकर इद मनाउन आइतबार सार्वजनीक विदा

पोखरा, १८ भदौ /मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ ।

यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ।

पर्वको अवसरमा सरकारले आइतबार सार्वजनीक बिदा दिएको छ । बिहान देखि नै बकर इद मनाउन मस्जिदहरुमा ठुलो भिड छ ।

कमेन्टहरु
Loading...