कक्षा १२ को परीक्षाफल सार्वजनिक (आफ्नो रिजल्ट हेर्नोस्)

भक्तपुर,  १५ साउन /राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । जसमा नियमिततर्फ ४२.३३ प्रतिशत उत्तीर्ण भएका छन् । बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले परीक्षामा कूल १ लाख ९३ हजार १२५ परीक्षार्थी सहभागी भएकामा ८१ हजार ७५८ उत्तीर्ण भएको र ७७ जना निष्काशनमा परेको जानकारी दिए ।

त्यसैगरी, आंशिकतर्फ १ लाख ७ हजार ५६९ परीक्षार्थी सहभागी भएकामा ३८ हजार ४४४ अर्थात् ३५.७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।परीक्षामा ३८ परीक्षार्थी निष्काशनमा परेको उनले जानकारी दिए । यसअघि कक्षा १२ को विज्ञान संकायको परीक्षाफल भने गत साउन २० गते सार्वजनिक भएको थियो । आफ्नो रिजल्ट यहाँ हेर्नुहोला

कमेन्टहरु
Loading...