पोखराको सभागृहमा सुबिधा सम्पन्न मल्टिप्लेक्स हल सञ्चालनको तयारीमा

सागर राज तिमिल्सिना
पोखरा, १४ भदौ /पोखराको सभागृहचोकमा मल्टिप्लेक्स हल छिटै सञ्चालनमा आउने भएको छ । पोखराका फिल्म हलका पुराना व्यवसायी उत्तम द्धाले दुई वटा मल्टिप्लेक्स हल सञ्चालनमा ल्याउन तयारी गरेका हुन् । एउटै छानामुनि दुई हल निर्माण गरेको उनले जानकारी दिए । ‘सुविधाअनुसार पैसा तिरेर सिनेमा हेर्नेहरुका लागि हामीले हल खोलेका हौं,’ द्धाले भने ,‘अब आरमदायी रुपमा सिनेमा हेर्न पोखरा बासीलाई बाहिर जानु पर्दैन ।’

आधुनिक उपकरण र साउण्ड सिस्टम जडान गरिएको उनले बताए । एनईसी टुके प्रोजेक्टर जुन विश्वकै आधुनिक हो यसले देखाउने पिक्चर क्वालीटी अन्तराष्ट्रिय स्तरको भएको बताए । मिड्टाउन सिनेमाजबाट निर्माण भएको हलमा आरामदायी सिट र एसी जडान गरेको उनले बताए । विभिन्न खानाको परिकारका लागि छुट्टै रेस्टुरेन्ट समेत रहेको उनले बताए ।

पोखरामा चारवटा हल संचालन गर्दै आएका द्वाले व्यापारिक मल सहित मल्टिप्लेक्स हल निर्माण गरेका हुन् । ‘दुईवटा मल्टिप्लेक्स हलमा गरी करिब ३ सय ५० सिट क्षमताका छन् ।’ हलसंचालक द्वाले प्रस्ट पारे । मलमा ब्राण्डे सामानहरु राख्ने तयारी छ । हल निर्माणको काम सबै सकिसकेको छ, मलको काम नसकिएर सञ्चालनमा नआएको बताए । उनले छिटै नै सञ्चालनमा ल्याउने बताए । उनले मल सहित २५ करोड र हललाई ८ करोड खर्च भएको बताए ।

पोखरामा हाल श्रीकृष्ण, वाराहि ‘क’, वाराहि ‘ख’, विन्दबासिनी, कल्पना, पुर्णिमा, सिनेप्लेकका दुई वटा हल संचालनमा रहेका छन् । फिल्मले राम्रो व्यापार गर्न छोडेपछि पोखरामा केहि सिनेमा घरहरु केहि बर्ष पहिले नै बन्द भएका छन् ।

कमेन्टहरु
Loading...