पोखरा, ९ भदौ /पोखरेली युवा कलाकारहरुको कुची समुह दुई दिने कार्यशालाका लागि शुक्रबार कास्कीको रुपा गाउँपालिकातर्फ लागेको छ । समुहका ११ जना सदस्यहरुले देउरालीबाट देखिने विभिन्न दृष्यहरु पानी रंग, एक्रेलिक, पेन्सिल स्केजबाट क्यानभासमा उतार्नेछन् ।
युवराज लामिछानेको संयोजकत्वमा रहेको टोलीका सदस्यहरुमा मनोज तामाङ्ग, थमनसिंह सुनार, गोपाल दराई, देवेन्द्र गुरुङ्ग, नविन श्रेष्ठ, निशान थापामगर, सुदिन श्रेष्ठ, आकाश गुरुङ्ग,एलिना गुरुङ्ग र प्रमिश गुरुङ्ग रहेका छन् ।
पोखराको कलाको विकासका लागि गठित समुहको यो सातौं कार्यशाला हो ।
यसअघि समुहले कास्कीको हेम्जा सुइखेत, फेवा पावरहाउस, बागमारा, अर्मला, खुर्कुना भुर्जुङ्गखोला, विजयपुर, कमलपोखरी लगायतका स्थानहरुमा कार्यशाला सम्पन्न गरिएकेको समुहका सदस्य मनोज तामाङ्गले बताए ।
समुहले शुक्रबार र शनिबार गरि दुई दिनसम्म देउरालीमा बनाएका कलाहरुको प्रदर्शनी गरिने बताएको छ । यसरि तयार गरिएका कलाहरु प्रदर्शनीमा राख्दा चित्रहरुले गाउँको पहिचान समेत गराउने भएकाले पनि प्रदर्शन गरिने तामाङ्गले बताए ।