रजत शृङ्खलामा सुगम सङ्गीत यात्रा

पोखरा, १५ साउन /पोखराबाट सञ्चालित साङ्गीतिक अभियानाले आफ्नो रजत शृङ्खला सम्पन्न गरेको छ । पोखरामा व्रिmयाशील अनुपम म्युजिक, जे. ई. म्युजिक एकेडेमी र त्रिवेणी सङ्गीतालयले हरेक महिना विभिन्न ठाउँमा गएर सुगम सङ्गीत प्रस्तुत गर्ने कार्यव्रmमको रजत शृङ्खला पोखराको अमरसिंह चोकस्थित लेकाली चुलो घरको व्यवस्थापनमा भएको हो ।

त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक तथा सङ्गीतकार नवराज बरालको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख अतिथि गीतकार प्रकट पगेनी ‘शिव’ले पोखरामा आफैँमा एउटा सुन्दर गीत भएको बताउनुभयो । एउटा सुन्दर गीत हुन गीतकार, सङ्गीतकार तथा गायक÷गायिकाको त्रिवेणी मेल हुनुपर्ने बताउँदै पगेनीले नेपाली सङ्गीतको उत्थानमा यस्ता अभियानले ठूलो टेवा दिने बताउनुभयो । पोखराबाट सञ्चालित साहित्यिक अभियान अक्षरयात्राका परिकल्पनकारसमेत रहनुभएका उहाँले साहित्य, सङ्गीत, कला आफैँमा जीवन उँचो बनाउने अभियान भएकोमा जोड दिनुभयो ।

अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको सञ्चालन र सचिव रुपिन्द्र प्रभावीको स्वागतमा भएको कार्यव्रmममा रामभक्त जोजिजू, इतु जोजिजू, रोशनी गुरुङ, प्रमिला बराल, कौशल्या गुरुङ, विजय गुरुङ, प्रेमसागर निरौला, सूर्य घताने, रोम तामाङ, जय चापागाईँ, वीरबहादुर घर्ती, लक्ष्मी गिरीलगायतले आफ्ना साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो ।

२०७२ साउन २ गते पोखराको तालबाराही मन्दिर परिसरबाट सुरु भएको यात्रा पोखरा आसपासका विभिन्न ठाउँका साथै काठमाडौँ, तनहुँ, पर्वत, दार्जिलिङलगायतका ठाउँमा सम्पन्न भइसकेको छ ।

कमेन्टहरु
Loading...