गुरुङ चलचित्र “तले क्रोम चु सै”, संस्कृतिलाई माया

पोखरा, २ साउन /गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र “तले क्रोम चु सै” अर्थात किन रुन्छ यो मनको शनिबार प्रिमियर शो भएको छ । पोखराको अमरसिँह स्थित भमरकोट प्यार्टी प्यालेसमा भएको प्रदर्शनमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।

चलचित्रले आप्mना भाषा, कला र संस्कृतिलाई जोगाइराख्नुपर्ने सन्देश दिएको छ । काठमाडौँमा हुर्किएका युवा र विदेशमा रहेका गुरुङ युवा आप्mनो रितिरिवाज, भाषा र संस्कृति बुझ्न लमजुङको ओखरी गुरुङ गाउँ जाने दुई युवाले गाउँमा पाउने माया ममता, आप्mनो संस्कृतिको अध्ययन र स्थानीय युवतीसँग बढ्ने प्रेम संवन्धका वरीपरी चलचित्रका कथा घुमेको छ ।
प्रिमियर शोको उद्घाटन समारोहमा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका इन्सपेक्टर चन्द्रा गुरुङले चलचित्रले समाजमा सुसस्कृतिको प्रवद्र्धन गर्ने बताइन् ।

बरिष्ठ चलचित्रकर्मी एवं गुरुङ फिल्म एसोसिएसनका संस्थापक अध्यक्ष माओत्से गुरुङले भाषा भाषीको चलचित्र धेरै संख्यामा बनेपनि गुणस्तर कायम हुन नसकेको बताउनुभयो । “सबै चलचित्रले सन्देश दिएका छन्, उनले भने, अझै गुणस्तरिय बनाउनुपर्छ ।” उनले चलचित्रका बजार खोज्न पनि निर्माता तथा निर्देशक लगायत सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै जिफानका कार्यबहाक अध्यक्ष राजबहादुर गुरुङ “राजेश”ले नेपालमा पहिलो पटक २०४० सालमा नेवारी भाषाको चलचित्र बनेपछि मात्र आदिबासी जनजाति चलचित्र निर्माण हुन थालेको बताए । गुरुङ भाषामा चलचित्र निर्माणका क्रम बढ्दै गएको भन्दै उनले चलचित्र मार्फत संस्कृति संरक्षणमा टेवा पुगेको बताए ।

कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालयका इन्सपेक्टर सुवास गैरेले समाजमा शान्ति सुरक्षा र अमनचैनका लागि चलचित्रले महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए । चलचित्र हेरेपछि दर्शकहरुले आप्mनो भाषा संस्कृति नबुझ्दा आउने समस्या चलचित्र मार्फत उजागर गरेको प्रतिक्रिया दिएका थिए । स्वस्ती फिल्म्सको पहिलो प्रस्तुती खड्ग लामिछाने गुरुङको चलचित्र “तले क्रोम चु सै”को निर्माता विकास गुरुङ, सलिला गुरुङ, सशिला भुच्चा तमुस्यो युएई, मैताकुमारी गुरुङ र सुक गुरुङ रहेका छन् ।

चलचित्रमा विकास चौधरीको संगीत, खेम थापा मगरको छायाङ्कन, गोविन्द प्रभातको नृत्य र जनक गुरुङको द्धन्द्ध रहेको छ । चलचित्रको सम्पादन मेकबहादुर थापाले गरेका थिए भने श्रृङ्गार इश्वर श्रेष्ठको श्रृङ्गार रहेको छ । चलचित्रमा विवेक गुरुङ, सुमिन गुरुङ, मिका गुरुङ, कोम्जङ घले, सुमित गौचन थकाली, टिकाराम घले, रेशम गुरुङ, विरमाया गुरुङ, धनमाया गुरुङ लगायतले अभिनय गरेका छन् । लमजुङको ओखरी, काठमाडौँ लगायतको स्थानमा छायाङ्कन गरिएको चलचित्र “तले क्रोम चु सै” पोखरामा यही साउन ७ गते शनिबार पोखरा शभागृहमा पब्लिक शो गरिने निर्माता विकास गुरुङले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...