मापदण्ड मिचेर बनाएका पोखरा मालपोतका टहरामा डोजर

पोखरा, २९ जेठ /पोखराको मालपोत कार्यालय अगाडीका सडकको मापदण्ड मिचेर निर्माण गरेका टहरा महानगरले भत्काएको छ । पोखरा लेखनाथ महानगरपालिकाका ७ मालपोत कार्यालय अठाडी निमार्ण भएका १२ वटा टहरा डोजर लगाएर भत्काएको हो ।

महानगरपालिकाले ३५ दिने सुचना जारी गरे पनि अटेरी गरे पछि डोजर लगाएर टहरा भत्काएको हो । मालपोत कार्यालय अगाडीको घर महानगर पालिकाले नै बताएर भाडामा लगाएको हो । सडक देखि ५ मिटर भत्काउने भने पनि पोखरा ६ का जनप्रनिधिहरुले टहरा बनाए जती सबै भत्काउन लगाएका हुन् ।

पोखरा ७ र पोखरा ६ जोड्ने पुल निर्माण भइरहेको छ । डोजर चलाउन सुरु भएपछि नगरपालिका कर्मचारीहरु कुलेलाम ठुकेको स्थानीयले बताए । टहरा भत्काए पछि सडक मै सामानहरु निकालेर राखेका थिए ।

मापदण्ड मिचेर बनाएका पोखरा मालपोतका टहरामा डोजर
मापदण्ड मिचेर बनाएका पोखरा मालपोतका टहरामा डोजर
मापदण्ड मिचेर बनाएका पोखरा मालपोतका टहरामा डोजर
मापदण्ड मिचेर बनाएका पोखरा मालपोतका टहरामा डोजर
कमेन्टहरु
Loading...