अग्निदहन चलचित्र अन्तिम चरणमा

पोखरा, २२ जेठ /सामाजिक शिक्षामुलक चलचित्र ‘अग्निदहन’को निर्माण अन्तिम चरणमा पुगेको छ । बोक्सीप्रथा उन्मुलनमा सघाउ पु¥याउने उद्देश्यमा साथ ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’ले निर्माण थालेको उक्त चलचित्रको ध्वनि मुद्रण एवं अङग्रेजी भाषामा उल्था गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

यो सँगै चलचित्र निर्माणको सबै कार्य सकिएको निर्देशक घनस्याम लामिछाने बताए। लामिछानेले करिव दुई घण्टा लामो उक्त चलचित्रका प्रचारप्रसार सामग्रीको तयारी पनि थालिएको जानकारी दिए ।अव सुचना तथा संचार मन्त्रालयबाट चलचित्र सन्सर गरी प्रर्दशनको तयारीमा आफुहरु जुटेको निर्देशक लामिछानेको भनाई छ। चलचित्र संदेशमुलकका साथसाथै मनोरन्जनमुलक पनि बनेको निर्देशक लामिछानेले दावी गरेका छन् ।

प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्ययले चलचित्र स्तरीय बनेको बताए । उपाध्यायले चलचित्र हेरेपछि दर्शकले नसोचेको स्वाद पाउने जिकिर गर्दै आगामि १५ वर्षभित्र नेपालबाट बोक्सी प्रथा उन्मुलन गर्ने लक्ष्य लिएको प्रतिष्ठानका लागि चलचित्रले ठुलो टेवा पु¥याउने बताए । चलचित्र निर्माणमा प्रतिष्ठानलाई प्रतिष्ठानका संरक्षकद्वय भुवनेश्वर शर्मा पौडेल र मोहनराज पौडेलले लगानी जुटाइदिएका छन् ।उनीहरु समेत चलचित्र निर्माणमा प्रत्यक्ष खरिएका छन् ।

निर्माणमा हालसम्म रु. ७० लाख खर्च भइसकेको संरक्षक मोहनराज पौडेलले बताए ।विभिन्न सरकारी साथै गैरसरकारी संस्थाहरुले समेत चलचित्र निर्माणमा सघाएको उनको भनाई छ ।आगामि असारमा दर्शकले चलचित्र हेर्न पाउने गरी निर्माण तयारीलाई अन्तिम चरणमा पु¥याइएको प्रतिष्ठानले जनाइएको छ ।

कमेन्टहरु
Loading...