पोखरा महानगरको स्थगित मतगणना सुरु गर्न सर्वदलिय बैंठक जारी#LocalPolls2017 #Pokhara

पोखरा ८ बैशाख /शनिवार देखि स्थगित पोखरा लेखनाथ महानगरको मतगणना सुरु गर्नेबारे सहमति जुटाउन सर्वदलिय बैंठक सुरु भएको छ । मतगणनाको क्रममा वडानम्बर १७ मा देखिएको विवाद समाधान गरी सहमतिको आधारमा पुन गणना सुरु गर्नेबारे छलफलको लागि तेस्रो पटक सर्वदलिय बैंठक बसेको हो ।

निर्वाचन आयोगले आइतवार साझ मतगणना सुरु गर्न निर्देशन सहितको पत्र पठाएपछि कांग्रेस माओबादी केन्द्र सहितका दलले गणना बहिस्कार गर्ने घोषणा सहित पुनः निर्वाचनको माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले आयोग केन्द्रको निर्देशन अनुसार असन्तुष्ट दलका प्रतिनिधि विना पनि मतगणना सुरु गर्ने बताएपनि अझै सुरु हुन सकेको छैन । सकेसम्म सबै दलको सहमतिमा मतगणना अघि बढाउने प्रयास भैरहेको छ ।

३३ वडा रहेको पोखरालेखनाथ महानगरमा १५ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ । जसमध्ये ८ वटामा कांग्रेस र ७ वटा वडाको अध्यक्षमा एमालेले जित हात पारेको छ । महानगरको प्रमुख र उप प्रमुखमा एमालेले सुरुवातदेखि लिएको अग्रता कायमै राखेको छ ।

कमेन्टहरु
Loading...