फोटो पत्रकारिता र पर्यटन प्रवद्र्धनका लागि फोटोपत्रकारको टोली बंगलादेशमा

पोखरा, ७ जेठ/बंगलादेशको भ्रमणमा रहेको राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) को टोलीले दुई देशबिचको फोटोपत्रकारिता र पर्यटन प्रवद्र्धनका लागि सूचना मन्त्रीको ध्यानाकर्षण गराएका छन् । बंगलादेश फोटो पत्रकार संघको निमन्त्रणमा ढाका आएको नेपाली फोटो पत्रकारको टोलीले बंगलादेशका सूचना मन्त्री हस्नुल हक इनोलाई भेटेर फोटोपत्रकारिताको माध्यमबाट गर्न सकिने पर्यटन प्रवद्र्धनका लागि दुई देश बिचको सहकार्य महत्वपूर्ण रहने बताएका छन् ।

भ्रमणका क्रममा रहेको नेपाली टोलीले मन्त्री ईनोेलाई नेपाली फोटो पत्रकारिताको ईतिहास र पर्यटन प्रवद्र्धनका निम्ति पु¥याएको योगदानको चर्चा गरेका थिए । भेटमा मन्त्री ईनोले नेपाली फोटो पत्रकारहरुको प्रस्तावले दुई देशबिचको पर्यटन प्रर्वद्धनका निम्ति सहयोग पुग्ने बताएका थिए । मन्त्री ईनोले दुई देशबिच सहकार्य गरेर अघि बढ्ने बिषयमा आफूले पहल गर्ने बताएका छन् ।

नेपाल–बंगलादेश एक्सचेन्ज कार्यक्रमका लागि बंगलादेश आएको राष्ट्रिय फोटो पत्रकार समुहको टोलीले बंगलादेशको प्रेस काउन्सीलका अध्यक्ष ममताज उदिन अहमदसंग समेत भेट गरेका छन् । अहमदसंग भेट गर्दै टोलीले दुई देशको फोटो पत्रकारबिच लामो समयदेखी सहकार्य हुदै आएको जानकारी गराएका थिए । भेटमा अध्यक्ष अहमदले नेपालका फोटोपत्रकारले पर्यटन प्रवद्र्धनका निम्ति देखाएको चासोको प्रशंसा गरेका थिए । उनले यस्तो भ्रमणलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने भन्दै काउन्सिलले आवश्यक सहकार्य र सहयोग गर्ने बताए ।

राष्ट्रिय फोटो पत्रकार समुहका कोषाध्यक्ष तेजबहादुर बस्नेतको नेतृत्वमा रहेको १० जना फोटो पत्रकारको टोलीले बंगलादेश प्रेस काउन्सील र बंगलादेश फोटो पत्रकार संघले आयोजना गरेको फोटोपत्रकारिता सम्बन्धी अन्र्तराष्ट्रिय गोष्ठीमा समेत सहभागी भएको छ । गोष्ठीमा फोटोपत्रकारिताको बिकास र वर्तमान अवस्थाको बिषयमा छलफल भएको थियो । गोष्ठीमा नेपालका तर्फबाट टोलीका सदस्य एवम् समुहका पूर्वसचिव किशोर श्रेष्ठले नेपाली फोटोपत्रकारिताको अवस्थाका बारेमा सहभागीलाई जानकारी गराएका थिए । गोष्ठीलाई बंगलादेशका सूचना मन्त्री ईनोले सम्बोधन गरेका थिए ।

भ्रमणमा रहेको राष्ट्रिय फोटो पत्रकार समुहले शनिवार बंगलादेशमा ‘मैत्री नेपाल’ शिर्षकमा फोटो प्रदर्शनीको आयोजना गर्न लागेको छ । ढाकामा आयोजना गर्न लागिएको प्रदर्शनीमा समुहका फोटो पत्रकारले खिचेको नेपालका उत्कृष्ट ४० तस्वीर राखिने संयोजक बस्नेतले जानकारी दिए । नेपालको पर्यटकीय गन्तब्य, कला, संस्कृति झल्कने तस्वीरले पर्यटय प्रवद्र्धनका निम्ति सहयोग पुग्नेमा आफू आशावादी रहेको बस्नेतको भनाई छ । बंगलादेशको प्रधानमन्त्रीका प्रेस सल्लाहकार इकवाल सुबहन चौधरीले उद्घाटन गर्ने प्रर्दशनीमा बंगलादेशका फोटो पत्रकार, बंगलादेशमा बसोबास गर्ने नेपाली नागरिक र बंगलादेशका नागरिक उपस्थिती रहनेछन् ।

पाच दिने भ्रमणका क्रममा नेपाली टोलीले बंगलादेशको बिभिन्न जिल्लाका फोटो पत्रकारसंग भेट गरेको छ । भ्रमणका क्रममा टोलीले विभिन्न बिश्वबिद्यालयमा पुगेर नेपालको पर्यटन बिकास र फोटोपत्रकारिताको अवस्थाका बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ । केन्द्रीय कोषाध्यक्ष बस्नेतको नेतृत्वमा रहेको टोलीमा पूर्व उपाध्यक्ष राम सर्राफ, पूर्व सचिव किशोर श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य राम गुरुङ, वीरगन्ज शाखाका अध्यक्ष पंकज श्रेष्ठ, बारा शाखाका महासचिव दिवाकर भण्डारी, कास्की शाखाका कोषाध्यक्ष दुर्गाप्रसाद पौडेल, सदस्य राजन काफले, गौतमहरी खड्गी र नवराज श्रेष्ठ सहभागी छन् ।

कमेन्टहरु
Loading...