शिक्षा र फुटबल संगै लैजानु पर्छ –नेपाली फुटबल टिमका कप्तान विराज

पोखरा, २ बैशाख /नेपाली फुटबल टिमका कप्तान विराज महर्जनले शिक्षा र फुटबललाई संग संगै लैजानु पर्ने बताएका छन् । पोखराको मालेपाटन युथ एकेडेमी अवलोकन गर्दै उनले भने– एउटा व्यवसायीक फुटबल खेलाडी बन्नका लागि शिक्षा महत्वपुर्ण रहन्छ ।

टिम कप्तान विराजले एक खेलाडीमा दुई कुरा महत्वपुर्ण रहने कुरा लाई जोड दिंदै अनुशासान र प्रतिवद्धता लाई सवै खेलाडीले आत्मसाथ गर्दै सम्मान गर्नु पर्ने बताए । उनले एकाडेमीमा रहेका बाल बालवालिका लाई नयाँ वर्षको शुभकामना समेत प्रदान गरे । मालेपाटन क्लव र मधु प्रतिष्ठान द्वारा आयोजित कार्यक्रममा मधु प्रतिष्ठानले पोखरा ११ का खेलाडी विष्णु गुरुङ्गलाई ५० हजार नगद प्रदान ग¥यो ।

गुरुङ्गले उक्त एकेडेमी संचालनमा ल्याएका हुन । उक्त रकम उनले एकेडेमीमा रहेका बालवालिका लागि खेलकुद सामाग्रीका लागि खर्च गर्ने बताए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रगेश कायस्थले बालबालिकाको हित र खेलकुद विकासका लागि मिलेर कार्य गर्ने बताए ।

कमेन्टहरु
Loading...