वैशाख २ मा कविता कन्सर्ट

पोखरा, १८ चैत/पोखरामा दोस्रो कविता कन्सर्ट हुने भएको छ ।नेपालका ३ चर्चित कवि र ३ गायकगायिकालाई पब्लिक इभेन्टले वैशाख २ मा कविता कन्सर्टमा उभ्याउने भएको हो ।कवि विप्लव ढकाल, उपेन्द्र सुब्बा र मोमिलाले दर्जन कविता वाचन गर्दैछन् भने गायक कर्ण दास, गायिका लोचन भट्टराई, इतु जोजिजुले ८ कविता गाउँदै छन् ।

‘यो फरक स्वादको कविता पस्कने एउटा विशेष मञ्च हो,’ कविता कन्सर्टका इभेन्ट म्यानेजर सञ्जय मल्लले भने, ‘पहिलो कविता कन्सर्टको अपार सफलतापछि दोस्रो कार्यक्रमको तयारी थालेका हौं ।’नेपालकै चर्चित तीन कवि र तीन गायकगायिकाले पोखरेली कविता पारखीलाई विशेष स्वाद चखाउने कार्यक्रम संयोजक उपेन्द्र पौडेलले बताए ।साहित्यका अरु विधाभन्दा कविता पछाडि परेको हुँदा कविताको व्यावसायीकरण गर्न यो विशेष कार्यक्रम गर्न लागेका हौं,’ पौडेलले भने ।

बाजेको सेकुवाले शीर्ष प्रायोजन र लायन्स क्लब अफ टुरिजम सिटीको सहकार्यमा हुन लागेको यो कार्यक्रमले साहित्य कर्मका क्षेत्रमा विशेष अर्थपूर्ण रहने मिडिया संयोजक अमृत सुवेदीले बताए । बाजेको सेकुवाको हलमा हुने कार्यक्रममा कविता सुन्नका लागि ५ सय र १ हजारको टिकट काट्नुपर्ने आयोजक पब्लिक इभेन्टले जानकारी दिएको छ । साहित्यको यस्तो व्यावसायिक कार्यक्रमले कवि र कविता गायकको क्षेत्रमा लागेका व्यक्तिहरुलाई उत्साह थप्ने आयोजकको विश्वास छ ।

कमेन्टहरु
Loading...